कांग्रेसले गिरीबन्धु टी स्टेटकाे विषय पनि संसदमा उठाउने

कांग्रेसले गिरीबन्धु टी स्टेटकाे विषय पनि संसदमा उठाउने
+
-

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय संसदमा उठाउने भएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे।

पार्टीले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्दै यो विषयलाई प्राथमिकताका साथ उठाउने जनाएकाे छ।

बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए।

केपी ओली प्रधानमन्त्री भएका बेला २०७८ माघमा गिरीबन्धु टी स्टेटको जग्गा साट्न मिल्ने गरी कानुन संशोधन गरेपछि १९७ विघा जग्गा बेचिएको छ। त्यसमा तत्कालीन प्रधानमन्त्री ओलीको स्वार्थ रहेको दाबी गरिँदै आएको छ।

साथै आजकाे बैठकले आज सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न दिएर बाँकी कुनै पनि प्रक्रिया अघि बढ्न नदिने निर्णय पनि गरेकाे छ। आज राष्ट्रपति रामचन्द्र पाैडेलले संसदमा सरकारकाे नीति तथा कार्यक्रम पेश गर्दैछन्।

याे पनि पढ्नूहाेस्: गिरीबन्धु जग्गा प्रकरणः ५१ विघामा अहिले ४ सय घर, जग्गा ११५३ कित्तामा विभाजित

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?