पशु नश्ल सुधार र कृषक प्रोत्साहनमा जोडः पंगेनी

पशु नश्ल सुधार र कृषक प्रोत्साहनमा जोडः पंगेनी
+
-

मुगु – कर्णाली पर्देश पशुपंछी बिकास निर्देशनालय सुर्खेतका निर्देशक कृष्ण प्रसाद पंगेनीले आगामी कार्यक्रममा वास्तविक कृषक बर्गको हितको लागि उत्पादनमा बृद्दि गर्न पशु नस्ल सुधार गर्नुपर्ने बताएका छन्।

उनले पशुपालन कर्ममा कृयाशिल कृषकको प्रोत्साहन केन्द्रित हुने खालका कार्यक्रम हरू आगामी कार्यक्रममा तय गरिने बताएका छन्।

शुक्रवार कर्णाली प्रदेशकै पर्यटकिय प्रवल सम्भावना रहेको मुगुको रारातालमा आयोजित कर्णाली प्रदेशका दश ओटै जिल्लाका पशु अस्पतालका प्रमुख हरूको सहभागितामा आयोजित तेस्रो त्रैमासिक इपिडिमियोलोजिकल तथा प्रगति समीक्षा गोष्ठीमा उक्त धारणा ब्यक्त गरेका हुन्।

पुरानै प्रबृत्तिका कार्यक्रमले अपेक्षित उपलब्धिहरू हँसिल नभएको भन्दै निर्देशक पंगेनीले जब सम्म पशु कृषकहरूको कृषि कर्मले सम्मान पाउदैन तब सम्म पशु पंछी जन्य बस्तुमा आत्मनिर्भर नहुने बताएका छन्।

विशेष गरी दूध तथा खसी दैलेख जाजरकोट, रूकुम पश्चिम र सुर्खेत बाट बाहिर निरियात गरि २०८० साउन देखी २०८० चैत सम्म रू १ अर्ब ४९ करोड, ३० लाख ५० हजार रूपयाँ कर्णाली प्रदेशमा आयत भएको पनि निर्देशक पंगेनीले बताए।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका दश ओटै जिल्ला रूकुम पश्चिम,सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगुका पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख हरूले आआफ्नो जिल्लाको प्रगति समीक्षा प्रस्तुत गरेका थिए।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मंन्जन बहादुर कार्कीको प्रमुख आथित्यमा सन्चालन भएको उक्त कार्यक्रममा पशु अस्पताल तथा पशुसेवा कार्यलय मुगुका प्रमुख भिमचन्द्र बुढाले पशुपंछी बिकास निर्देशनालय सुर्खेतका निर्देशक कृष्ण प्रशाद पंगेनी लगायत दश ओटै जिल्लाका पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुखहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो। कर्णाली प्रदेश सरकार पशुपंछी बिकास मन्त्रालय बिरेन्द्र नगर सुर्खेतको आयोजनामा उक्त गोष्टीको सन्चालन गरिएको थियो। ३ दिन सम्म सन्चालनमा भएको कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?