आज बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

आज बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
+
-

हेटौंडा- बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम शनिबार चयन गरिँदै छ। आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ।

विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन्। सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।

प्रदेशसभाको पाँचवटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ। सार्वजनिक लेखा समिति र प्रदेश मामिला समितिको सभापति पदमा नेपाली कांग्रेसको तर्फबाट क्रमशः श्रीराम लामिछाने र छिरिङ दोर्जे लामाले मनोनयन दर्ता गराएका छन्।

यस्तै, कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र) का तर्फबाट ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समितिको सभापतिका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुरज बज्राचार्यले मनोनयन दर्ता गराएकाे प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै उम्मेदवारी नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ। सो समितिको सभापति नेकपा (एमाले)लाई दिने दलहरुबीच सहमति भएको बताइएको छ।

यस्तै, आजको प्रदेशसभा बैठकबाट प्रदेशसभाअन्तर्गतको विशेष समिति गठन गर्ने सहमति भएको सचिव दर्जीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?