
काठमाडौं- नेपाल एपिएफ क्लबले अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टी-२० क्रिकेटको उपाधि जितेको छ। जारी संस्करण अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपिएफले शनिबार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमाञ्चक जित निकाल्यो। मेयर्स कपमा एपिएफले लगातार चौथो पटक उपाधि जितेको हो।
यसअघि २०२१ मा भएको पहिलो संस्करणको फाइनलमा एपिएफले सुदुरपश्चिमलाईनै ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यस्तै कीर्तिपुरमै २०२२ मा भएको फाइनलमा पनि एपिएफले सुदुरपश्चिमलाईने ८ विकेटलेनै हराएर दोस्रो पटक उपाधि जितेको थियो। त्यस्तै गत संस्करणमा एपिएफले कोसी प्रदेशलाई ५४ रनले हराएर च्याम्पियन बन्दै मेयर्स कपमा ह्याट्रिक गर्यो।
लगातार चौंथो पटक च्याम्पियन बन्ने क्रममा एपिएफले शनिबार १ सय ५५ रनको स्कोर जोगाउन सफल भयो। पहिले ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। उसका लागि कप्तान सिता राना मगरले ७४ रन बनाउँदा राजमति ऐरीले ५० रनको अर्धशतकीय इनिङ खेलेकी थिइन्। त्यस्तै ममता चौधरी १० रनमा अविजित रहिन।
जवाफमा खराब सुरुवातका बाबजुत सुदुरपश्चिले छैटौं विकेटका लागि अविजित १ सय ४ रनको साझेदारी गर्दै जित नजिक पुगेको थियो। उसका लागि कविता जोसी ६७ रनमा नटआउट रहँदा लक्ष्मी साउदले २९ रनको नटआउट इनिङ खेले। अन्तिम ओभरमा ६ रनको आवश्यकता रहेको थियो। तर ३ रन मात्र बनाउन सक्दा २ रनको हार भोग्न बाध्य भयो।