बैंगलोरको स्वप्नील यात्रा, चेन्नईलाई हराउँदै प्लेअफमा

बैंगलोरको स्वप्नील यात्रा, चेन्नईलाई हराउँदै प्लेअफमा
+
-

२५ मार्चमा आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेपछि एकमहिना सम्म एउटापनि खेल नजितेर निरास बनेको बैंगलोरले अन्तत ‘स्वप्नील यात्रा’ तय गर्दै सनसनिपूर्ण रुपमा ‘प्लेअफ’ मा स्थान बनाएको छ। उसले लगातार ६ खेल जित्दै असम्भव मानिएको प्लेअफलाई सम्भव बनायो।

उसले पहिलो खेल जितेको एकमहिना पछि अर्थात २५ अप्रिलमा लगातार  ६ हार, समग्रमा ८ खेलमा ७ हारपछि आफ्नो नवौं खेलमा दोस्रो जित निकाल्यो। त्यसपछि भने बैंगलोरले पछि फर्किनु परेन लगातार ६ जित सहित समग्रमा ७ जितका साथ १४ अङ्क बनाएर समान अङ्कमा रहेका चेन्नई, दिल्ली र लखनउलाई नेट रनरेटमा पछि पार्दै प्लेअफमा स्थान बनाउन सफल भयो।

शनिबार राति भएको निर्णायक खेलमा बैंगलोरले चेन्नईलाइ फराकिलो अन्तरले हराउनु पर्ने चुनौतीलाई पार गर्दा प्लेअफमा रहन सफल भयो। पहिले ब्याटिङ गर्दा १८ रनको जित आवश्यक रहेकोमा उसले चेन्नईलाई २७ रनले पराजित गर्दै समान १४ अङ्क भएपनि नेटरनरेटमा अघि रहँदै चौथो स्थानमा रहेर प्लेअफमा छनोट भएको हो।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो। जवाफमा चेन्नईलाई ‘प्लेअफमा’ क्वालिफाइ हुन २ सय १ रन आवश्यक थियो। तर चेन्नई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनमा समेटियो। अन्तिम ओभरमा चेन्नईलाई क्वालिफाइ हुनका लागि १७ रन चाहिएको थियो। क्रिजमा रहेका मेहेन्द्रसिंह धोनी र रविन्द्र जडेजा उत्कृष्ट लयमा रहेका थिए। पहिलो बलमै धोनीले यस दयाललाई छक्का प्रहार गर्दै सानदार सुरुवात दिलाए। तर त्यसलगतै अर्को बलमा उनी आउट हुन पुग्दा चेन्नईले मोमेन्टम गुमायो। त्यसपछि उसले १ रन मात्रै जोड्न सक्यो।

चेन्नईका लागि रचिन रविन्द्रले ६१ रन बनाउँदा अजिंक्य रहाणले ३३ रन बनाए। तर चेन्नईका लागि निर्णायक इनिङ खेलेका रविन्द्र जडेजा २२ बलमा ४२ रनको अविजित रहे। महेन्द्र सिंह धोनी १३ बलमा २५ रन बनाएर आउट भए। आरसिबीका लागि यस दयालले २ विकेट लिंदा ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लक्की फर्गुसन र क्यामरन ग्रिनले समान १-१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरका लागि कप्तान फाफ डुप्लेसिसले ५४ रन बनाउँदा विराट कोहलीले ४७ रन बनाए। त्यस्तै रजत पाटिदारले ४१ रन बनाउँदा क्यामरन ग्रिनले ३८ रन बनाए। त्यस्तै दिनेश कार्थीकले १४ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५ बलमा १६ रन बनाएका थिए। चेन्नईका लागि सार्दुल ठाकुरले २ विकेट लिंदा तुसार देसपाण्डे र मिचेल सेन्टनरले १-१ विकेट लिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?