कोशीका मुख्यमन्त्रीको प्रतिबद्धताः चलचित्र विकास बोर्ड गठन गर्छौं

कोशीका मुख्यमन्त्रीको प्रतिबद्धताः चलचित्र विकास बोर्ड गठन गर्छौं
+
-

झापा – कोशी प्रदेशमा चलचित्र विकास बोर्ड निर्माण गर्ने प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिवद्धता जनाएका छन्।

आइतबार झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय चलचित्र महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा चलचित्र प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड गठन गर्ने र त्यस्का लागि बजेट छुट्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

उनले चलचित्रकर्मीहरूलाई एक ढिक्का भएर चलचित्र प्रवर्द्धनमा लाग्न आह्वान पनि गरे। उनले भने, ‘तपाईंहरूसंग हाम्रो पनि माग छ। तपाईंहरू एक ढिक्का भएर आउनुहोस्। राम्रो काम गर्नुहोस्। चलचित्र बिकास बोर्ड गठन गर्न प्रदेश सरकार तयार छ।’

मुख्यमन्त्री कार्कीले चलचित्र समाजलाई देखाउने ऐना भएको बताए। विगतमा बनेका चलचित्रहरूले आफूलाई समेत धेरै प्रभावित बनाएको कुरा उल्लेख गर्दै उनले समाज परिवर्तनमा चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए।

महोत्सव जेठ ११ गतेसम्म झापा र विराटनगरमा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ।

कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलमा विगतदेखि नै बाक्लोरुपमा चलचित्र छायाङ्कन हुँदै आएका छन्।

विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरु पनि कोशी प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन्। कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रीय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृश्य लगायत कथाले मागे अनुरुपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायाँकन हुने गरेको छ।

तर त्यो हिसावले चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरु शुन्यजस्तै रहेकाले प्रदेशमा पहिलो पटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताए। उद्घाटन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो। महोत्सवको व्यवस्थापन नेपाल चलचित्र संघ कोशी प्रदेशले गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?