देशसञ्चार चौतारी : भाग-४५

नर्सले काम गरेको जससम्म पाउँदैनन्

+
-

लामो समय नर्सिङ पेशामा कार्यरत रही प्राध्यापक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रजिष्ट्रारसमेत बनेकी प्रमिला देवान देशसञ्चार चौतारीको नयाँ अंकमा अतिथि बनेकी छन्।

उनले नर्स पढ्न खोज्दा परिवारले उनलाई साथ दिएन। यद्यपि उनले नर्स पढेरै छाडिन्। नर्स पढे छोरी बिग्रन्छन् भन्ने समयबाट अहिले बुहारीलाई नर्स पढाउन लोभिने समाज बनेको छ। तर नेपालमा नर्सिङ पढेकाहरुले गतिलो काम नपाउने अवस्था अहिले पनि छ।

‘अहिले पनि नेपालमा नर्समाथि श्रम शोषण हुने गरेको छ,’ उनले देशसञ्चार चौतारीका क्रममा भनिन्।

नेपालमा राम्रो काम नपाउँदा नर्सहरु विदेश पलायन हुनुलाई उनले अनौठो रुपमा लिन नहुने पनि बताइन्। ‘नेपालमा अहिले १८ हजार नर्स छन् भने ४२ हजार नर्स चाहिएको छ,’ उनले भनिन्। नर्सलाई पढाउन नर्सिङ कलेज हुनु अनिवार्य रहेको उनले बताइन्। ‘नर्सले पढेर एउटा भेनसमेत खोल्न आएन भने?’ उनले भने।

नर्स अहिले पनि पर्दापछि सीमित रहेको उल्लेख गर्दै उनीहरुलाई उचित सम्मान समाजले नदिएको उनी बताउँछिन्।

नर्सिङ क्षेत्र राजनीतिमै हुनु हुँदैन भन्ने स्वीकार गर्दिनन् उनी। ‘राजनीतिक सचेतना हरेक क्षेत्रमा आवश्यक छ,’ उनले भनिन्। नर्सले कहिलेकाहिँ अत्यन्तै भावुक क्षण पनि व्यहोर्नुपर्ने उनले बताइन्। आमा मरेपछि सानो उमेरमा दुई बालकले पाएको पीडाले आफूसहित धेरै नर्सहरुलाई दुख लागेको उनले बताइन्।

नर्सको कामको मूल्यांकन नहुने तर धेरै काम गरेर जस नपाउने पेशा नर्सिङ रहेको उनले बताइन्। उनले अन्तर्वार्ताका क्रममा धेरै अप्ठ्यारा र मार्मिक क्षणहरुको पनि वर्णन गरिन्।

नर्सिङ पेशामा रहेका व्यक्तिहरुले बिरामी र उसका आफन्तहरुलाई राम्रोसँग कम्युनिकेसन गर्न नसक्दा सही सूचना जान नसक्ने र त्यसले असहज अवस्था सिर्जना हुने पनि उनले बताइन्। ‘कम्युनिकेसनले बिरामीको उपचारमा ठूलो महत्त्व राख्छ,’ उनले भनिन्।

चित्तबुझ्दो काम नगर्नेलाई अपराधका रुपमा दुर्गम पठाउने चलन हुँदा दुर्गम क्षेत्रप्रति नर्सिङ क्षेत्रको राम्रो धारणासमेत नरहेको उनले बताइन्। दुर्गमका अस्पताल भए पनि उपचारका लागि आवश्यक पर्ने सामग्री नहुँदा स्वास्थ्यकर्मीहरु दुर्गम जान नखोज्ने उनले बताइन्।

सरकारी अस्पतालमा एउटै नर्सले ४० वटासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारले यो अनुपात घटाउनुपर्ने उनले बताइन्। निजी अस्पतालमा स्वास्थ्यकर्मीलाई बढी सुविधा रहेको उल्लेख गर्दै त्यसले सेवाको स्तर बढाउनसक्ने उनले बताइन्।

पूरा अन्तर्वार्ता:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?