
मुगु – मुगुको रारा विमानस्थलमा विमानले ठक्कर दिँदा विमानकै कर्मचारी घाइते भएका छन्।
बिहीबार नेपालगन्जका लागि यात्रु राखेर उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन्।
पाइलटलाई विमान उडान संकेत गरिरहेका बेला पाइलटले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुडेर अघिल्लो भागले ठक्कर दिँदा भाम सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
घाइते अवस्थामा रहेका भामलाई सीता एअरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ। घाइते भामको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।