आइपिएल फाइनल पुग्ने दोस्रो टिम हैदराबाद की राजस्थान?

आइपिएल फाइनल पुग्ने दोस्रो टिम हैदराबाद की राजस्थान?
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज दोस्रो क्वालिफयार अन्तर्गत राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन्। चेन्नईको एमए चिदम्बरम स्टेडियममा ७:४५ मा सुरु हुने खेलमा जित निकाल्ने टोलीले फाइनलमा उपाधिका लागि कोलकाताको सामना गर्ने छ।

जारी सिजन राजस्थानले प्लेअफको इलिमिनेटरमा बैंगलोरलाई पराजित गरेको थियो भने हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकातासँग पराजित हुँदै दोस्रो अवसरको खोजिमा राजस्थानसँग भिड्न लागेको हो।

२०१६ को च्याम्पियन सनराइजर्स हैदराबादले ७ पटक आइपिएलको प्लेअफ खेलेको छ। टीमले पहिलो पटक २०१३ मा प्लेअफमा स्थान बनाएको थियो। जुन उसको डेब्यू सिजन समेत रहेको थियो। हैदराबाद पछिल्लो पटक २०२० मा प्लेअफमा पुगेको थियो।

अहिले सम्म ६ प्लेअफमा हैदराबाद २ पटक फाइनलमा पुगेको छ। जसमा २०१६ मा उसले उपाधि जितेको थियो भने २०१८ मा उपविजेता बनेको थियो। हैदराबादले प्लेअफमा ३ पटक क्वालिफायर-२ खेलेको छ। जसमा २ खेलमा जित निकाल्दा एक खेलमा हार भोगेको छ।

आइपिएलको पहिलो संस्करणको उपाधि विजेता राजस्थान २०२२ को उपविजेता हो। टीम छैटौं पटक प्लेअफ खेल्दै छ। राजस्थानले तेस्रो पटक क्वालिफायर-२ खेल्न लागेको हो। यसअघि भएको दुई खेलमा एकमा हार र एकमा जित निकालेको थियो। २०२२ मा आरसिबीलाई हराएर फाइनल पुगेको थियो।

हेड टु हेडमा दुबै टिमको रेकर्ड उस्तै-उस्तै रहेको छ। अहिले सम्म दुइ टिमले कुल १९ खेल खेल्दा ९ खेलमा राजस्थान र १० खेलमा हैदराबादले जितेको छ। दुई टिमबिच यो सिजनमा एक खेल भएको थियो। जुन खेलमा हैदराबादको घरेलु मैदानमा हुँदा १ रनको रोमाञ्चक जित निकालेको थियो। सिजनमा यो दुई टिमबिच दोस्रो पटक स्पर्धा हुन लागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?