सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफएकपको उपाधि

सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफएकपको उपाधि
+
-

म्यानचेस्टर डर्वीबीचको एफए कपको फाइनल भिडन्तमा युनाइटेडले बाजी मार्दै उपाधि जितेको छ। गत संस्करणमा सिटीसँगै पराजित हुँदै फाइनल गुमाएको युनाइटेडले यो पटक भने २-१ ले नतिजा आफ्नो पक्षमा पार्‍यो।

वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा यूनाइटेडले लिएको २ गोलको अग्रतालाई जोगाउन सफल भयो। प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २-१ ले नै हराएर उपाधि जितेको थियो।

बर्खास्तीको पर्खाइमा रहेका प्रशिक्षक एरिक टेन हागले युनाइटेडले अपेक्षा नगरेको उपाधि दिलाउँदै आफ्नो आलोचनाहरूलाई केही मत्थर पार्ने प्रयास गरेका छन्। यद्यपि नवनियुक्त को-अनर सर जिम रटक्लिफले नतिजा जस्तो निस्किएपनि टेनहागलाई बर्खास्त गर्ने बताउँदै आएकाले उनको जागिर जोगिने सम्भावना भने कमजोर छ।

खेलमा अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले युनाइटेडका लागि पहिलो हाफमै गोल गरेका थिए। खेलको ३०औं मिनेटमा सिटीका डिफेन्डर जोस्को ग्वार्डिओल र गोलरक्षक स्टेफन ओर्टेगाको तालमेल नमिल्दाको फाइदा उठाउँदै गार्नाचोले गोल गरे। त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन्।

यद्यपि ३९औं मिनेटमा माइनूले युनाइटेडको अग्रता दोब्बर बनाए। उनले ब्रुनो फर्नान्डिसको पासलाई सदुपयोग गरेका थिए। ८७औं मिनेटमा फिल फोडेनको पासमा जेरेमी डोकुले गोल गर्दै सिटीलाई २-१ को अबस्थामा ल्याएपनि टिमको हार टार्न पर्याप्त रहेन। युनाइटेडको यो १३औं एफए कप उपाधि हो। अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि आर्सनलले १४ पटक जितेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?