‘जिन एक्सपर्ट मेसिन’बाट ११ हजार बढीको क्षयरोग परीक्षण

‘जिन एक्सपर्ट मेसिन’बाट ११ हजार बढीको क्षयरोग परीक्षण
+
-

दाङ- दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘जिन एक्सपर्ट’ मेसिनबाट हालसम्म ११ हजार बढी ब्यक्तिको नि:शुल्करूपमा क्षयरोग भए नभएको बारेमा परीक्षण गरिएको छ।

२०७८ साल कार्तिक ५ गतेबाट उच्च प्रविधि जडित मेसिनबाट क्षयरोगको परीक्षण हुँदै आएको छ।

प्रतिष्ठानका ल्याव असिस्टेन्ट शंखु चौधरीका अनुसार अहिलेसम्म ११ हजार २ सय ५६ जनामा क्षयरोग परीक्षण गरिएकोमा ९ हजार ९२ जनामा नेगेटिभ, १ हजार ५ सय ६२ जनामा सेन्सेटिभ पोजेटिभ र ३१ जनामा रेसिस्टेन्ट देखिएको छ।

प्रतिष्ठानमा मेसिनबाट क्षयरोग परीक्षण हुनेहरुको यो संख्या लुम्बिनी प्रदेशमै दोस्रो रहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए। ल्याव असिस्टेण्ट चौधरीका अनुसार गएको साउनदेखि जेठ ३ गतेसम्म ४ हजार बढीको परीक्षण गरिएको छ।

जसअनुसार ३ हजार ८ सय २१ जनामा नेगेटिभ, ५ सय ९१ जनामा सेन्सेटिभ पोजेटिभ र १३ जनामा रेसिस्टेण्ट देखिएको छ। कम ब्याक्टेरीया देखिएपनि मेसिनवाट परीक्षण गर्न सकिने उनले बताए। मेसिनबाट क्षयरोग भए नभएको परीक्षण गर्दा भरपर्दो र विश्वासिलो रहेको ल्याव असीस्टेण्ट चौधरीले बताए।

सरकारले जिने एक्सपर्टको कार्टेज समयमै पर्याप्त नदिँदा समस्या हुने गरेको उनले अनुभव सुनाए। ‘कार्टेज बाहिर किन्न पाइँदैन, सरकारले आपूर्ति गरेर दिने हो’ उनले भने,’थोरै कार्टेज दिँदा माग बढी छ, हप्ता दिनमै सकिन्छ, सरकारले कार्टेज पठाउँदा नि थोरैं पठाउने भएकाले समस्या छ, हामीलाई धेरै दिए २ सयभन्दा बढी कार्टेज दिँदैनन्, अत्याधिक प्रेसर गरे ५ सयभन्दा बढी कार्टेज दिँदैनन्, त्यसैले धेरै कार्टेज दिए परीक्षणको संख्या अझै बढ्छ।’

कार्टेज समयमै नआएको अवस्थामा प्रतिष्ठानमा क्षयरोग भए नभएको पत्ता लगाउन माइक्रोस्कोपवाट हेर्न सकीने ब्यवस्था पनि मिलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?