न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाउन महानगरलाई सडक डिभिजनको अल्टिमेटम

न्युरोडमा भत्काएको सडक दुई दिनभित्र बनाउन महानगरलाई सडक डिभिजनको अल्टिमेटम
+
-

काठमाडौँ – सडक डिभिजन कार्यालय काठमाडौँले न्युरोड क्षेत्रमा काठमाडौँ महानगरापालिकाले भत्काएको सडक दुई दिनभित्र पूर्ववत अवस्थामा फकाउन अल्टिमेटम दिएको छ।

संघीय सरकार अन्तरगत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाउँदै आएको छ। आफ्नो मातहतको सडक घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको डिभिजन कार्यालयले अनुमति नदिएपछि दुई निकायबीच टकराव उत्पन्न भएको छ।

काठमाडौँ डिभिजन प्रमुख नारायण दक्त भण्डारीले बुधबार महानगरलाई पत्र लेख्दै भत्काएको सडक बनाउन अन्यथा सार्वजनिक सडक ऐन, २०३१ दफा १९ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। उक्त दफामा जसले सडक भत्काएको हो उसले बनाउनुपर्ने डिभिजनले बनाउनु पर्दा लागेको रकम बिगार्ने निकायबाट भराउने व्यवस्था छ।

भण्डारीले पठाएको पत्रमा भनिएको छ, ‘सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१/२/१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन। नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ । तसर्थ, तहांबाट भत्काइएको सडक खण्ड २ दिन भित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?