हत्या भएको २२ दिनमा अभियुक्त सार्वजनिक, पाँच जना पक्राउ

हत्या भएको २२ दिनमा अभियुक्त सार्वजनिक, पाँच जना पक्राउ
+
-

झापा – झापा बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ दिनपछि अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

प्रहरीले घटनामा संलग्न बिर्तामोड–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २० वर्षीयन वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगीरथ राजवंशी र ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो।

घटनाका मुख्य योजनाकार गंगाप्रसादसहित चारजना विष्टका छिमेकी हुन् भने कामी चोरीको सामान किन्ने पसलका सञ्चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अर्जुनधारा–६ का कामीको हनुमान सुन पसल रहेको छ। त्यस्तै, महेश घटनाका मतियार रहेको, गंगाप्रसादकी पत्नी वर्षा चोरेको सामान लुकाउन सहयोगी भएको र भगीरथ चोरीको सामान बेच्न सहयोगी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको साथबाट मृतक विष्टको सुनको चुरा, सिक्री, कानको टप, जन्तरलगायत सुनका सामग्री बरामद गरिएको छ। राजवंशीले ट्युबवेलको छेउमा उक्त सुनका सामग्री माटोमा गाडेको अवस्थामा प्रहरीले भेटेको थियो।

करिब तीन कठ्ठा जग्गामा कम्पाउन्ड गरेर एकतले घरमा छोरीको छोरा नातिसँग बस्दै आएकी विष्टको वैशाख २६ गते मातातीर्थ औँशीको दिन हत्या भएको थियो।

नाति घर गएको तथा विष्ट घरमा एक्लै भएको अवस्थामा उनी मृत भेटिएकी थिइन्। उनको रड तथा खन्तीले हानेर हत्या गरिएको प्रहरीले सोही समय पुष्टि गरेको थियो।

प्रहरीका अनुसार मृतकको शव भुइँमा रगतमा लटपटिएको र कोल्टे परेको अवस्थामा भेटिएको थियो। एकल महिला विष्टका जेठा छोराको परिवार अमेरिका र कान्छो छोराको परिवार काठमाडौँमा बस्दै आएका छन्।

प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो। कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही संकेत दिए पनि लिटल फ्लावर्स स्कुलदक्षिण पुगेपछि अल्मलिएको थियो।

सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी अनारमनीको प्रहरीको टोलीले संयुक्त अनुसन्धान गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?