
काठमाडौं- विश्वकप अघिको दोस्रो तथा अन्तिम वार्मअप खेल वर्षाका कारण रोकिएको छ। नेपाल विरुद्ध अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको केही बेरमै भारी वर्षा सुरु भएसँगै खेल रोकिएको हो।
डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको छ। नेपालको टोलीमा आज दिपेन्द्र सिंह ऐरी फर्किएका छन्। नेपालले विश्वकपको सम्भावित प्लेइङ ११ लाई आज मैदानमा एक्सपोज गर्ने तयारी गरेको भएपनि वर्षाका कारण खेल अन्योलमा परेको छ।
यसअघि मंगलबार वर्षाकै कारण यहि मैदानमा तय भएको अमेरिका र बंगलादेशबीचको वार्म अप खेल पनि रद्द भएको थियो। आइसीसीको आधिकारीक अभ्यास अन्तर्गत सोमबार भएको पहिलो खेलमा भने नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो। त्यसअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले भने बंगलादेशलाई २-१ ले हराउँदै सिरिज जितेको थियो।
विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ५ जुनमा नदेरल्यान्ड्स सँग आफ्नो पहिलो खेल खेल्ने छ। नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका श्रीलंका र नेदरल्यान्डस् रहेका छन्।
यस्तो छ नेपालको प्लेइङ ११