राज्यलक्ष्मी र अक्कललाई चौथो रारा ट्रेल रनको उपाधि

राज्यलक्ष्मी र अक्कललाई चौथो रारा ट्रेल रनको उपाधि
+
-

मुगु – नेपाली सेनाद्वारा आयोजित चौथो रारा ट्रेल रनको उपाधि राज्यलक्ष्मी रावल र अक्कल बडुवालले जितेका छन्।

प्रतियोगितामा पुरुषतर्फ मुगुको छायाँनाथ रारा नगरपालिका–१४ का बडुवालले निर्धारित दूरी (१६ किमि) १ घण्टा २ मिनेट १० सेकेण्डमा पूरा गर्दै प्रथम भए। यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ का शेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र कनकासुन्दरी– २ का चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए।

महिलातर्फ जुम्लाको गुठिचौर–३ की रावलले निर्धारित दूरी १ घण्टा १४ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै प्रथम, पातारासी–२ की कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन्।

शुक्रबार बिहान भएको रारा ट्रेल रनमा १६९ पुरुष र ३५ महिला सहभागी थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र वितरण गरियो। सेनाको हनुमानध्वज गुल्मले आयोजना गरेको प्रतियोगितामा धावकहरुले रारा ताल परिक्रमा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?