रतुवा खोलाले बगायो जीप, दुई जनाको मृत्यु

रतुवा खोलाले बगायो जीप, दुई जनाको मृत्यु
+
-

झापा- झापाको दमकदेखि इलामको माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए ।

मृत्यु हुनेहरूमा इलाम माङ्सेबुङ गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी ३० की सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका ३ बस्ने निरू लिम्बुका छोरा अन्दाजी वर्ष २ का निहाङ लिम्बू रहेका छन् ।

त्यस्तै, इलाम माङ्सेबुङ गाउँपालिका ३ खलङ्गे बस्ने वर्ष अन्दाजी २६ की निरु लिम्बू घाइते भएकी छन् । उनको लाइफ लाइन अस्पताल दमक झापामा उपचार भइरहेको छ ।

सोमबार साँझ इलाम चुलाचुली ५ चेप्टीस्थित दमक-लारुम्बा भित्री सडकखण्डमा दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीको कारण गाडी बगाइ बेपत्ता भएको थियो ।

गाडीमा चालकसहित जम्मा ६ जना सवार रहेका थिए । घटनास्थलदेखि अन्दाजी १-२ किलोमिटर आसपासमा मृतकको शव फेला परेको थियो ।

चालकसहित तीन जना सकुशल निस्किएको प्रहरीले जनाएको छ ।

चालक तत्काल सम्पर्कमा नआएको बुझ्ने कार्य भइरहेको तथा गाडी घटनास्थलबाट निकाल्ने पहल भइरहेको डीएसपी जवेगूले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?