मेसुले ४७ जना कर्मचारी हटाएको भन्दै नारायणी अस्पताल विकास समितिको आपत्ति

मेसुले ४७ जना कर्मचारी हटाएको भन्दै नारायणी अस्पताल विकास समितिको आपत्ति
+
-

वीरगञ्ज – नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले एकैपटक ४७ कर्मचारी हटाएर मनोमानी गरेको भन्दै अस्पताल विकास समितिले आपत्ति जनाएको छ।

समितिका अध्यक्ष र सदस्यहरुले मंगलबार विज्ञप्ति जारी गरी नारायणी अस्पतालमा निमित्त मेसु डा. एनामुल हकले समितिसँग कुनै समन्वय नै नगरी कर्मचारीहरु हटाएको भन्दै आक्रोश पोखेका हुन्।

मेसु हकले कर्मचारीहरुको मिलेमतोमा पूर्वाग्रह राखेर स्वेच्छाचारी तरिकाले अस्पतालका कर्मचारीहरुको सेवा अवधि समाप्त गरेको विकास समितिको भनाइ छ।

गरिब, असहाय तथा न्यून आर्थिक अवस्था भएका बिरामीहरुको केन्द्रका रूपमा रहेको अस्पतालमा कर्मचारीहरुलाई सेवाबाट हटाइएपश्चात सेवा प्रवाहमा समस्या भएमा त्यसको जिम्मेवारी निमित्त मेसु नै हुने विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताए।

नारायणी अस्पतालले सोमबार सूचना प्रकाशन गरी दरबन्दीबेगर अस्पतालमा कार्यरत रहेका ४७ जना कर्मचारीहरुलाई सेवाबाट हटाएको छ। जसमध्ये दस जना डाक्टरहरु रहेका छन्।

यस्तै, अस्पतालमा कार्यरत स्टाफ नर्स, हेल्थ असिसटेन्ट, रेडियोग्राफरलगायत ४७ जना कर्मचारीहरुलाई सेवाबाट हटाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?