देशसञ्चार चौतारी : भाग-४७

‘नेपालमा भ्रष्टाचारको मुहान नै चुनाव हो’

+
-

देशसञ्चार चौतारीको यस अंकमा पूर्व महालेखा परीक्षक टंकमणि शर्मा अतिथि बनेका छन्। लामो समयसम्म सरकारका विभिन्न निकायमा सचिवका रुपमा काम गरेका शर्माले महालेखा परीक्षकको जिम्मेवारी सम्हालेर करिब १ वर्षअघि अवकाश पाएका हुन्।

पछिल्लो समय एनसेल सेयर हस्तान्तरण प्रकरणको अनुसन्धान गरेका शर्माले एनसेलको सेयर हस्तान्तरण गैरकानुनी भएको सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएका थिए।

शर्माले बेरुजु र अनियमितता बढ्दै जाँदा भ्रष्टाचार हुने बताए। उनले बेरुजु र भ्रष्टाचारको सोझो सम्बन्धबारे देशसञ्चारका सहकर्मीहरुसँगको कुराकानीमा खुलाएका छन्।

सहकारी विभागमा रहेर पनि काम गरि्सकेका शर्माले नेपालमा पछिल्लो समयमा सहकारी संस्थाहरु बदनाम हुनुको कारण पनि अन्तर्क्रियाका क्रममा खुलाएका छन्।

शर्माले नेपालको सन्दर्भमा भ्रष्टाचारको सुरुवाती विन्दु नै चुनावमा गरिने खर्च हुने पनि औँल्याए। चुनावको खर्च धेरै ठूलो हुने औँल्याउँदै शर्माले यहीँबाट नेपालमा भ्रष्टाचार सुरु हुने बताए।

महालेखा परीक्षकको कार्यालयको काम बेरुजु औँल्याउने भए पनि सम्बन्धित निकायले नै बेरुजु फर्छ्याैट गर्नुपर्ने उनले औँल्याए। नेपालको संसद्‌मा ४ वर्षदेखि महालेखा परीक्षकको प्रतिवेदन पेस हुन नसकेको प्रसंगमा उनले संसद् सर्वोच्च निकाय भए पनि त्यहाँसम्म महालेखा प्रतिवेदन पुर्‍याउने लामो हुँदा पनि यसले समस्या निम्त्याउने बताए।

उनले लापरबाही र चाहेर गरिने बेरुजु भने खतरापूर्ण हुने पनि ‌औँल्याए। नेपालको विश्वासको संकट भएको आफ्नो अनुभव पनि उनले देशसञ्चार चौतारीका क्रममा खुलाएका छन्।

बेरुजुका क्रममा घोटाला र ठगीका केसको रकम धेरै ठूलो हुने पनि उनले बताए। ‘वाइड बडीको केस, आयल निगमको जग्गाको केस, एनसेलकै केस,’ उनले घोटालाका केसहरु खोले, ‘यी केसहरु बेरुजु देखाउने क्रममै खुलेका हुन्।’

उनले एनसेलको केस अनुसन्धानको अनुभव पनि देशसञ्चार चौतारीका क्रममा बाँडे। ‘रिपोर्ट हामीले सरकारलाई दिएका छौँ, कार्यान्वयनकै प्रक्रियामै छ,’ उनले भने।

भ्रष्टाचारको सुरु नै चुनावी खर्चबाट हुनेबारे उनले प्रस्ट पार्दै चुनावी खर्च राज्यका सिस्टमबाट हुने व्यवस्था विश्वका धेरै देशमा रहेको बताए। ‘नेपालमा चुनावी खर्चको सीमाभित्र कोही बस्दैन, खर्चको जगेडा त गर्नुपर्‍यो,’ उनले भने।

यसबाट हुने खर्चलाई त पछि फेबर गरेर, असुली गरेर, नीति बनाएर असुल गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

आइएनजिओहरु मोटिभभन्दा बाहिर चल्दा यसले समस्या निम्त्याउने पनि उनले बताए।

सदाचार र भ्रष्टाचार एकअर्काको परिपूरक नभएको उल्लेख गर्दै शर्माले निष्ठासम्बन्धी कानुन धेरै नबनेको पनि बताए।

पूरा भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?