
काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ। नेदरल्यान्डका कप्तान स्कट एडवार्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।
वर्षाका कारण मैदान भिजेका कारण टसमा केही ढिलाइ भएको थियो। खेल केही समय पछि सुरु हुने छ। अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्।
दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन्। टी-२० अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्स नेपालको चिरपरिचित टोली हो। यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल भएका छन्। जसमा ५ खेलमा नेपाल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ। एउटा खेल भने नतिजा विहीन भएको थियो।