
काठमाडौं-टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्स विरुद्ध १५ रन जोड्दा २ विकेट गुमाएको छ। नेपालले पहिलो विकेटका रुपमा आसिफ शेखलाई ४ रनमा गुमाउँदा अर्टका ओपनर भुर्तेललाई ७ रनमा गुमायो।
ओपनर आसिफ शेख ८ बल खेल्दै १ चौका प्रहार गर्दै ४ रन बनाएर आउट भए। उनलाई टिम प्रिग्लेले भिभियन किंग्मा द्वरा क्याच आउट गराए। उनी १.६ ओभरमा आउट भए। त्यसपछि अर्का ओपनर भुर्तेल ३.१ ओभरमा लोभन भान विक द्वारा एलबिडब्लु आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र अनिल साहा रहेका छन्।
आज नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ। नेपालले सागर ढकाललाई पहिलो रोजाईको स्पिनरको रूपमा मैदान उतार्न लागेको छ।
यस्तो छ नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साहा, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अभिनास बोहरा