अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने
+
-

काठमाडौं- द्वन्द्वकालमा भएको घटनासँग सम्बन्धित माओवादी नेता अग्नि सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतले असार १२ गते निर्णय सुनाउने भएको छ।

काभ्रेका अर्जुन लामाको हत्याको विषयमा पूर्वसभामुखसमेत रहेका सापकोटामाथि छानबिनको माग गर्दै परेको रिटमाथि १२ वर्षपछि सर्वोच्चले निर्णय दिने मिति तय गरेको सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

संवैधानिक इजलासले गत वैशाख १२ गतेदेखि उनीविरुद्धको रिटको अन्तिम सुनुवाइ थालेर हेर्दाहेर्दैमा राखेको थियो। बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सापकोटासँग सम्बन्धित तीनवटा रिटमा आदेश सुनाउने मिति तोकेको हो।

मुद्दा के हो?

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।

उक्त रिटसहित अदालतको अवहेलना सम्बन्धित सापकोटाले नै दायर गरेको मुद्दा र सुशील प्याकुरेलले दायर गरेको अर्को अवहेलना मुद्दामा एक साथ सुनुवाइ भएको हो।

२०६८ सालमा अग्नि सापकोटा झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएपछि कनकमणि दीक्षितले नागरिक दैनिकमा हत्या आरोपीलाई मन्त्री बनाउन नहुने भन्दै लेख लेखेका थिए।

उक्त लेखले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न खोजेको र आफूलाई बदनाम गराइएको भन्दै सापकोटाले दीक्षितविरुद्ध मुद्दा हाले। त्यस्तै, २०७२ मा सापकोटा पुनः वनमन्त्री भएपछि प्याकुरेलले हत्या अभियोगमा छानबिनमा रहेको व्यक्तिलाई मन्त्री बनाएको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए।

किटानी जाहेरी दर्ता गर्न र सापकोटासहिटका व्यक्तिमाथि छानबिन गर्न २०६८ असार ६ गते न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश बस्तीको संयुक्त इजलासले आदेश दिएको थियो। त्यो इजलासले अनुसन्धानको रिपोर्ट १५/१५ दिनमा सर्वोच्च अदालतमा पेश गर्नसमेत भनेको थियो। तर दुईपटक अरू व्यक्तिलाई सोधपुछ गरेको बाहेक त्यसपछि सर्वोच्चमा रिपोर्ट पेश गरिएन।

उक्त आदेश कार्यान्वयन नभएपछि पूर्णमायाले फेरि पतिको हत्यामा संलग्नमाथि छानबिन गर्न माग गर्दै २०६९ मंसिर ८ गते अर्को रिट दायर गरिन्।

लगत्तै मंसिर ११ गते वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गर्दै काभ्रे प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न आदेश दियो।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो। त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, दोङ रहेकाले हत्यामा उनीहरूको संलग्नता रहेको पीडित परिवारको दाबी छ।

माओवादी द्वन्द्वकालमा भएका घटनाको निरूपण नियमित अदालतबाट गर्न नहुने दाबी सापकोटासहितका विपक्षीहरूले गर्दै आएका छन्। द्वन्द्वकालका घटनाबारे अनुसन्धान र कारबाहीका लागि विस्तृत शान्ति सम्झौताले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत काम हुनुपर्ने बताउँदै आएका छन्। तर विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र सक्ने भनिएको काम १८ वर्ष भइसक्दा उजुरी दर्ता गर्ने बाहेक अरू काम हुन सकेको छैन।

संवैधानिक इजलासबाट यी रिटमा जारी हुने आदेशले द्वन्द्वकालमा भएका गम्भीर खालका घटनाको अनुसन्धान र कारबाही नियमित प्रक्रियाबाट हुने हुने कि सत्य निरूपणमार्फत हुने भन्ने मार्ग निर्देशन गर्नेछ।

यो पनि पढ्नुहोस्

अर्जुन लामा हत्या प्रकरणः अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो रिटमा अन्तिम सुनुवाइ

अर्जुन लामा हत्या प्रकरणः अग्नि सापकोटाविरुद्धको १२ वर्ष पुरानो रिटमा अन्तिम सुनुवाइ

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’