टी-२० विश्वकप: पाकिस्तान अमेरिकासँग स्तब्ध, सुपर ओभरमा ऐतिहासिक जित

टी-२० विश्वकप: पाकिस्तान अमेरिकासँग स्तब्ध, सुपर ओभरमा ऐतिहासिक जित
+
-

टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाले पाकिस्तानमाथि सुपरओभरमा ‘अविश्वसनिय’ जित हासिल गरेको छ। आफ्नो पहिलो सहभागितामानै उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले पाकिस्तान विरुद्धको पहिलो भेटनै सम्झनलायक बनायो। जितसँगै अमेरिकाले समूहमा ४ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिएको छ।

अमेरिका विरुद्ध पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ५९ रन बनाएको थियो। जवाफमा अमेरिकाले पनि १ सय ५९ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलियो।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो। पाकिस्तानका बलर मोहम्मद अमिरले ३ वाइड फाल्दै ७ रन दिंदा पाकिस्तानले उच्च लक्ष्य पायो। जवाफमा पाकिस्तान १३ रनमा समेटिन पुग्दा अमेरिकाले सुपर ओभरमा रोमाञ्चक जितसँगै लगातार दोस्रो जित सहित सुपर आठको सम्भावना बलियो बनायो। समूह ‘ए’ मा अमेरिकाले आफ्नो पहिलो खलमा क्यानडालाई हराएको थियो।

अमेरिकाको डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। उसका लागि कप्तान बाबर अजामले ४४ रन बनाउँदा सादब खानले ४० रन बनाए। त्यस्तै इफ्तिखर अहमेदले १८ रन बनाउँदा सहिन साहा अफ्रिदीले २३ रनमा अविजित रहे। अमेरिकाका लागि नोस्थुस केन्जिङ्गेले ३ विकेट लिंदा सौरभ नेत्रभल्करले २ विकेट लिए।

१ सय ६० रनको लक्ष्य लिएर मैदान उत्रिएको अमेरिका पनि निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५९ रनमा समेटिएको थियो। उसका लागि कप्तान मोनान्क पटेलले ५० रन बनाउँदा एरोन जोनेसले ३६ रन बनायो। त्यस्तै आन्द्रेस गौउसले ३५ रन बनाउँदा स्टेभन टेलरले १२ रन बनाए। त्यस्तै नितिश कुमार १४ रनमा नटआउट रहे।

अब पाकिस्तानले अघिल्लो चरणमा स्थान बनाउन समूहमा रहेका भारत, क्यानडा र आयरल्यान्डलाई हराउनु पर्ने छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?