कर्णाली करिडोर विकास र समृद्धिको आधार

+
-

कर्णाली प्रदेश र पर्यटन क्षेत्रसँग प्रत्यक्ष फाइदाको सम्भावना जोडिएको कर्णाली करिडोरको निर्माणले चाँडै पूर्णता पाए विकासको बाटो मात्र खुल्नै छैन। कर्णालीको समृद्धिसँग यसको भविष्य जोडिएको छ। अझ भनौँ यो उत्तर दक्षिण लोकमार्गको निर्माणले सिंगो राज्यको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने कुरामा दुईमत देखिँदैन। जति यो राष्ट्रिय गौरवको आयोजनालाई छिटो काम हुन सक्ने हो भने यसबाट फाइँदै फाइदा मात्र देखिएका छन्।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर

दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर। कर्णाली प्रदेशको विकास र समृद्धिको मेरुदण्डको रुपमा हेरिएको करिडोरको काम अहिले अन्तिम चरणमा पुगेको छ। यद्यपि, कतै सुस्त गतिमा काम नभएको भने होइन। केही स्थानमा भने प्रकृतिले पनि काममा तीव्रता दिन पनि बाधा पुर्‍याएको छ।

कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १९६ किलोमिटर लम्बाइ छ। यो बाँकेको जमुना नाका हुँदै कर्णाली राजमार्ग र कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा तय गर्न सहज हुनेछ।

कर्णाली प्रदेश सरकारले कर्णाली करिडोरलाई जमूना सिमकोट हिल्सा प्रधानमन्त्री दु्रतमार्गका रुपमा नामकरण गरिसकेको छ। अहिले कालिकोटको खुलालुदेखि बाजुरा र हुम्लाको सिमाना कवाडी हुँदै सलीसल्लासम्मको १८४ किलोमिटरमा सडक निर्माण पूरा भएर गाडीसमेत गुडिरहेको अवस्था छ। यसअन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४३ र हुम्ला खण्डमा १०१ किलोमिटर सडक पर्छ। कुल १८४ किलोमिटरमध्ये ५१ किलो मिटरमा सडक विभागले काम गरेको हो भने १२३ किलो मिटरमा नेपाली सेनाले काम गरेको थियो।

यो सडक २०७१ साल चैत ९ गते जब नेपाली सेनालाई जिम्मा लगाइएको थियो। सेनाले यो काम २०७८ असार ३१ गते पूरा गरेर हस्तान्तरण समेत गरिसकेको छ। सुर्खेतको बांगेसल्लादेखि दहीखोलासम्म १२६ किमि कर्णाली राजमार्ग नै पर्ने भएकाले पक्की सडक छ। कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक करिब १२२ किमि छ। जुन सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ। अहिले यो खण्डमा यातायात समेत सुचारु हुँदै आएका छन्। कालीकोट खण्डको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि पचालझरना गाउँपालिकाको लैफुसम्मको ४० किलोमिटर क्षेत्रमा पर्ने खुलालु खोलामा १३० फिटको बेलिब्रिज निर्माण र खुलालुकै करिब दुई किलोमिटर क्षेत्रको चट्टान फुटाउने काम सम्पन्न गर्न नेपाली सेनाको निर्माणदल सफल भएको थियो।

कर्णाली प्रदेशको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोरको बाँकी हुम्ला खण्डको काम तिव्र गतिमा भइरहेको छ। यो सडकले निर्माणमा पूर्णता पाए राष्ट्रिय राजमार्गले नछोएको हुम्लाका सदरमुकाम सुन्दर सिमकोट सडक सञ्जालसित जोडिनेछ।

कर्णाली करिडोरको विभिन्न खण्ड निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो करिडोर निर्माणले गति लिएको हो। सेनाले छारेको चट्टान छिचोलेपछि नदी तरेर गाडीहरु सिमकोट आई पुग्न सफल भएका छन्। यसमा सलीसल्लादेखि दुल्ली कुनासम्म सडकको ट्रयाक खोल्ने कार्य पूरा भइसकेको छ। यता करिडोरकै खार्पुबाट लाली बगरसम्मको सडक निर्माण पनि पूरा भएको छ। अब दुल्ली कुनादेखि लाली बगरसम्मको सात किलो मिटर चट्टानी क्षेत्रमा पनि सडक निर्माण भइरहेको छ तर सेनाले केही काम बाँकी रहेको भन्दै औपचारिक रुपमा यातायातका साधन सञ्चालन हुन भने दिएको छैन। खार्पुबाट सिमकोटसम्मको १२ किलो मिटर सडकमा खार्पुदेखि स्याम्नेसम्म सडक निर्माण सम्पन्न भइसकेको छ। स्याम्नेबाट सिमकोटसम्म पनि सडक निर्माण भइरहेको छ।

हालको कर्णाली प्रदेशमा दश वटा जिल्ला पर्छन। यसमा सुर्खेत, दैलेख, जाजारकोट, रुकुम पश्चिम र सल्यान जिल्ला पहिले नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए। तर साबिकको कर्णाली अञ्चलका पाँच वटा जिल्लामा निक्कै पछि मात्र राष्ट्रिय सडक सञ्जाल जोडिएको छ।अझै पनि हुम्ला जिल्ला पुर्ण रुपमा जोडिन बाँकी नै छ।

कर्णालीको अर्को हिमाली जिल्ला डोल्पा आंसिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। तर हाल जिल्लाभित्र पर्ने चार वटा पुल नबनेको कारण यातायात सेवा नियमित सुचारु भने हुन सकेको छैन। यता कर्णाली अर्को जिल्ला जुम्लामा २०६३ सालमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो। जुम्ला साविकका कर्णाली अञ्चलका अन्य चार जिल्लाभन्दा पहिले सडक सञ्जालसँग जोडिएको थियो। हाल आठ वटा स्थानीय तह रहेको जुम्लाका सबै गाउँपालिका सडक सञ्जालको पहुँचमा रहेका छन्। त्यसैगरि कर्णालीकै अर्को जिल्ला मुगु पनि २०७२ सालबाट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो। चार वटा स्थानीय तह रहेको मुगुको उत्तरी करन क्षेत्र अझै पनिसडक सञ्जालसँग जोडिएको छैन। यता कालिकोट जिल्ला पनि २०६३ सालमा सडक सञ्जालसँग जोडिएको हो।

हुम्ला जिल्ला भने अहिलसम्म पनि सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। हुम्ला जिल्लाका दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली चंखेली र सर्केगार्ड गाउँपालिका कर्णाली करिडोरसँग जोडिएका छ। यसका लागि २०७८ साल असार ३१ गते कालिकोटको खुलालु देखि हुम्ला जिल्लाको सलीसल्लासम्मको १२२ किलो मिटर सडकको निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको थियो। यसमा हुम्ला जिल्लाको कवाडीदेखि सलीसल्लासम्म ३९ किलो मिटर सडक पर्छ।

सलीसल्लामा बेलिब्रीज बनिसकेको अवस्था छ। सो पुल बनेपछि चंखेली र सर्केगार्ड गाउँपालिका पूर्णरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्। उक्त खण्डको छारे खण्डको सबैभन्दा असजिलो चट्टानी भीर छिचोल्ने कार्यको जिम्मा नेपाल सरकारले नेपाली सेनालाई लगाएको र सेनाले आफ्नो जिम्मेवारी अनुसारको काम अन्तिम चरणमा पुर्याएको छ। हुम्ला खण्डलाई छिचोल्न सके परिवर्तन नजिक देखिन्छ।अहिलेको काम गराई हेर्दा चाँडै सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ तर त्यसका लागि सरकारले खार्पुको दोजाम कर्णालीमा बेलिब्रीज निर्माण गर्नु अति आवश्यक देखिन्छ।

सस्तियो दैनिक उपभोग्य सामानको मूल्य

सडक जोडिएसँगै चार वटा गाउँपालिकामा दैनिक उपभोग्य सामानको मूल्य सस्तो भएको छ। यसअघि जुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिदासामाग्रीको मूल्य सस्तिएको सुन्नु भएका ताँजाकोट गाउँपालिका वडा नम्बर २ धर्मराज जोशीले अहिले आफ्नो गाउँमा सो कुरा भोग्नु भएको छ। केही समय अगाडिसम्म दुई सय पचास रुपियाँ पर्ने एक लिटर धारा तेलको मूल्य अहिले १८० मा पाइन थालेपछि उहाँले फाईदा महसुस गर्नुभएको हो। यो धारा तेलका लागि मात्र नभएर अन्य सबै सामग्रीको मूल्य सस्तो भएको छ। जनताहरु फाईदामा जानु भएको छ। सामाग्रीको मूल्य सस्तिएपछि विकास भनेकै सडक सञ्जाल भएको जोशीकोे बुझाई रहेको छ।

ढुवानी दर घट्यो

सडक सञ्जाल नजोडिदा बाजुराको कोल्टी हुँदै खच्चडमा आउने सामानको दुवानी दर प्रतिकेजी सत्तरीरुपियाँ पर्ने गथ्र्यो। तर अहिले प्रतिकेजी दश रुपियाँमा सामान आउन थालेको छ। पहिले खच्चडमा सामान ढुवानी हुँदा जथाभावी ढुवानी दर तिर्नु पथ्र्यो भने अहिले उक्त दर निर्धारण गरिएको छ। अझ वडाका बस्तीमा गाडी गुड्न थालेपछि यो फरकपनको अनुभुति सबैतिर हुन थालेको छ। कतिपय स्थानीयले पहिले धेरै ढुवानीदर तिर्नु परेको कुरालाई सपना जस्तो समेत भन्न थाल्नु भएको छ।

विकासे काममा लागन अनुमान घट्यो

ब्यक्तिगत वा सरकारी विकासे काममा लागत अनुमान घटेको छ। यो कार्यान्वयनमा समेत आएको छ। चर्को ढुवानी तिर्नु पर्ने बाध्यता हटेपछि विकासमा लागन घटेको हो। आठ हजार मूल्य पर्ने सिमेन्टको अहिले चौध सयमा झरेको छ। त्यसैगरि जस्तापाता, फलाम, छड, ग्याविनको मूल्य पनि घटेको छ। सामाग्रीको मूल्य घटेपछि विकासले पनि फड्को मार्ने छ। अब यतिबेला विकास नगरे कहिले गर्ने भन्ने सोचाइमा जनप्रतिनिधि पुग्नु भएको देखिन्छ। ढुवानी नै बढी लाग्ने हिमाली क्षेत्र सडक यातायता नजोडिएका बस्तीमा ४० प्रतिशत लागत कम लाग्न थालेको छ ।

बिरामी हुँदा सहज

गाउँमा पहिले बिरामी हुँदा हुम्लाबाट बाजुराको कोल्टी बिमानस्थल हुँदै हवाई जहाजमा नेपालसँग वा सुर्खेत पुग्न दुई देखि तीन दिन लाग्ने गथ्र्यो। त्यो पनि बाजुराको कोल्टीमा टिकट पाएपछि मात्र।वा सदरमुकाम सिमकोट ल्याउन चार दिन पैदल हिँड्नुपर्ने अबस्था थियो। त्यसैले कतिपय बिरामीले उपचारको अभावमा मृत्युको मुखमा जानुपर्ने हुन्थ्यो। त्यो पनि स्टेचर वा मानिसले बोकेर लिनु पर्ने अबस्था थियो। तर अहिले अवस्था त्यो रहेन। सडक सञ्जाल जोडिएसँगै बिरामीलाई गाडीमै लैजादा पनि एक दिनमै सुर्खेत वा नेपालगंज पुर्याउन सकिने भएको छ। त्यस्तै परे काठमाडौं समेत पुर्याउन सकिने अवस्था छ। सडक जोडिएपछि काम बिशेषबाहेक दक्षिणी हुम्लाका वासिन्दा सदरमुकाम सिमकोट आउन छा्ड्नु भएको छ।

खाद्यान्न समस्या समाधान

बेला बेला खाद्यान्न समस्या भई रहने हुम्ला जिल्लामा खाद्यान्न समस्या समाधान उन्मुख हुन लागेको छ। कतिपय बेला जनताले हातमा पैसा भएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदानमा बिक्री बितरण गर्ने खाद्यान्न पाउन पनि मुस्किल हुने अबस्था थियो। दक्षिणी हुम्लामा अहिले जनताले आफूले चाहेका खाद्यान्न घरघरमै खरिद गरेर उपभोग गर्ने अबस्था छ। अहिले माथिल्लो हुम्लामा पनि लिमिटेडको खाद्यान्न जनताले आवश्यकता अनुसार खरिद गर्न पाएको अबस्था छ। एक प्रकारले खाद्यान्न समस्या समधान भयो भन्दा पनि फरक नपर्ला।

खानपानमा पनि परिबर्तन

कुनै दिन भात, रोटी र तिहुन मात्र दैनिक रुपमा उपभोग गर्ने कर्णालीवासीको खानपानमा समेत परिबर्तन आएको छ। जिल्ला बाहिर जानेक्रममा सवै नागरिकलाई सहज भएपछि बाहिर देखे भोगेका कुराले यो परिवर्तन गर्न संम्भब भएको छ। अहिले सबैका भान्सामा दाल भात रोटी तरकारी अचार र चटनी पाक्न थालेको छ। आफूसँग भएको सामाग्रीबाट मिठो मसिनो परिकार बनाएर खाना थाल्नु पछिल्लो परिबर्तन हो।

एक दिनमै काठमाडौं

सडक नजोडिँदासम्म एक हप्ताको हिँडाइपछि काठमाडौं पुग्ने दक्षिणी हुम्लाका बासिन्दाहरु अहिले एक दिनमै काठमाडौं पुग्न थालेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहको अनुभवन छ । सडक जोडिएपछि धेरै पटक एक दिनमै काठमाडौं पुगेको अनुभव उहाँले सुनाउनुभयो। सडक यातायता भनेको विकासको मेरुदण्ड भएको बताउने अध्यक्ष सिंहले सडक जोडिनु र नजोडिनुमा आकाश जमिनको फरक महशुस हुन थालेको बताउनुभयो।

सदरमुकाम आउने घटे

जिल्ला सडक सञ्जानलसँग जोडिनु र संघीयताको कार्यान्वयन सँगै जिल्ला सदरमुकाम सिमकोट आउने हुम्लावासीको संख्यामा एक्कासी कमी आएको छ। अहिले आउनै पर्ने नागरिक नागरिकता बनाउन मात्र आउने गर्नु हुन्छ। पहिले सुर्खेत , नेपालगंज र काठमाडौं जान पनि चार दिन पैदल हिडेर सदरमुकाम आउनु पर्ने बाध्यता थियो। तर अहिले सडक जोडिएपछि त्यो बाध्यता हटेको छ। काम बिशेषले मात्र नागरिक जिल्लामा आउने गर्नुहुन्छ। अर्को संघ र प्रदेश सरकारबाट निर्माण हुने योजनाहरुको सम्झौता र भुक्तानीका लागि आउने संख्या देखिन्छ।

आयआर्जनको बिकल्प रोज्दै स्थानीय

पहिले ढुवानी समस्याले कुनै आम्दानी हुने कार्य गर्नेतर्फ नसोच्नुभएका स्थानीय अब आम्दानी हुने उत्पादन गर्ने तर्फ सोच्नु थाल्नुभएको छ। किन कि गाउँगाउँमा आई पुगेका गाडीले बाहिरबाट मालसामान मात्र आयात गर्ने तर आफ्नो गाउँठाउँबाट खाली गाडी पठाउनु पर्ने अबस्था आएपछि त्यसतर्फ स्थानीय सोच्न बाध्य हुन थाल्नुभएको छ।

अब गाउँपालिकाले फलफुल र रैथाने बालीको प्रर्बद्धन गर्ने कार्यक्रम अगाडि बढाउने लक्ष लिएको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको भनाई छ। उत्पादन भएर बाहिर निकासी गर्न सके मात्र जनताको जीवन स्तर माथि उकास्न सकिने बिचार उहाँको छ। उहाँको गाउँपालिकाले कृषि क्षेत्रको हब बनाउने कार्यक्रम तय गरेर कार्यान्वयनमा आएको छ। अर्को कुरा सडक जोडिएकै कारण कर्णालीका हिमाली जिल्ला मध्य सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाका स्याउ सहजै देशका विभिन्न क्षेत्रमा पुर् याउन सहज भएको छ।

सडक नजोडिएका स्थानमा पनि सकारात्मक प्रभाव

हालसम्म राष्ट्रिय सडक सञ्जाल नजोडिएका माथिल्लो हुम्लाका गाउँपालिकामा पनि दक्षिणी क्षेत्र सडकसँग जोडिएपछि त्यसको सकारात्मक प्रभाव पर्न थालेको छ। हवाई मार्ग र मुगुबाट खच्चडमा ढुवानी भएर आउने सामानभन्दा अहिले सामानको मूल्य सस्तिएको छ। साढे आठ हजार मूल्य पर्ने सिमेन्टको अहिले सदरमुकाम सिमकोटमा समेत चार हजारमा पाउन थालेको छ। त्यस्तै अन्य सामानको मूल्य पनि घट्न थालेपछि जनतामा सडक जोडिएको परिणाम हो भन्ने लाग्न थालेको छ। भने सामानको सहजता सधै भरि हुँन थालेको छ।

सिमकोट हिल्सा खण्डको सडक सुचारु

०६९।०७० मा नेपाल सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको सडक बिभागले हिल्सा सिमकोट सडक आयोजनाको नामले हात हाल्दै आएको छ। न्यून बजेटबाट आयोजनाले आफ्नो काम सुरु गरे पनिसबै क्षेत्रमाप्रारम्भिक सडक खुलाउने कार्य सम्पन्न भएको छ। आयोजना कै सबै भन्दा असजिलो क्षेत्र च्याछरा भीरको पनि कटिङ तथा कडा चट्टान बिष्फोट गरेर यातायात सुचारु अवस्थामा रहेका छन् ।

यद्यपि हाल सिमकोट हिल्सा सडकको स्तरोन्नती कार्य भने भइरहेको छ। त्यस्तै यो खण्डका लागि छ वटा पुलहरु निर्माण गर्नुपर्नेमा हिल्सा, तुम्कोट, सल्लीमा पुल निर्माण भै सकेको अबस्था छ भने याङ्गार, तागु्र खोला र हेक्पा खोलामा पुल निमार्णाधिनको अवस्था रहेको छ। तत्कालीन जिल्ला विकास समितिको आफ्नो श्रोत र विश्व खाद्य कार्यक्रमको कामका लागि खाद्यान्न कार्यक्रमको खाद्यान्नबाहेक सिमकोट हिल्सा सडक आयोजनाले हालसम्म नब्बे करोड खर्च भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?