
काठमाडौं- नेपालमा हुने महिला साफ च्याम्पियनसिप फुटबलको ‘ड्र’ शनिबार सार्वजानिक गरिएको छ। ७ देशलाई दुई समूहमा बिभाजन गरेर सार्वजानिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा रहेको छ।
बंगलादेशको ढाकामा सम्पन्न ‘ड्र’ मा नेपालले श्रीलंका, भुटान र माल्दिभ्स रहेको समूहमा प्रतिस्पर्धा गर्ने छ। त्यस्तै समूह ‘ए’ मा पाँच पटकको विजेता भारत, साविक विजेता बंगलादेशसँगै पाकिस्तान रहेको छ।
यसअघि सोमबार साफले महिला च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपाललाई दिएको थियो। प्रतियोगिता १७ देखि ३० अक्टोबर सम्म काठमाडौंको दशरथ रंगशालामा हुँदै छ।
२०२२ मा भएको पछिल्लो संस्करण पनि नेपाललेनै आयोजक रहेको थियो। उक्त संस्करणमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।
भारतले सुरुवाती ५ संस्करणमा लगातार च्याम्पियन बनेको थियो। नेपाल चार पटक भारत र एकपटक बंगलादेशसँग फाइनलमा हारेको छ।