गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति होइनः सञ्चालक छत्र गिरी (भिडियो)

+
-

झापा -झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन्। बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले सर्वोच्च अदालतबाट आदेश भएपछि गिरीबन्धुको नाममा चौतर्फी प्रयोग भएको भाष्यप्रति आपत्ति प्रकट गरे।

उनले पत्रकारहरूसामु गिरीबन्धु टि स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको बताए। उनले भने, ‘जहाँ पनि गिरीबन्धुको चर्चा चल्न थालेपछि मानिसहरूमा यो राज्यको सम्पत्ति हो कि भन्ने परेको छ। तर म तपाईंहरूमार्फत सबैमा भन्न चाहन्छु, यो राज्यको सम्पत्ति होइन।’

गिरीले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी गरे।  २०२१ सालमा भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको उनकाे भनाइ छ। हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उनले बताए।

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको गिरीले बताए। एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार सुरु गरेको उनले स्वीकार गरेका छन्। दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनको स्वीकाराेक्ति छ।

उनले भने,  ‘जग्गा सट्टापट्टाका लागि धेरै जग्गा किन्नुपर्ने भएकाले आर्थिक कारोबार नगरी उपाय छैन। त्यसैका लागि हामीले उहाँहरूसँग कारोबार गरेका हौं। उहाँहरूले पनि इच्छा जाहेर गरेर हो।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषदमा जग्गा सट्टापट्टाको फाइल पुगेको र त्यस्को निकासका लागि मन्त्रिपरिषदले निर्णय गरेको गिरीकाे भनाइ छ।

उनले भने,  ‘त्यो निर्णय जोकोही प्रधानमन्त्री भएको भए पनि हुन्थ्यो।’

एमाले बाहेकका दलहरूले भने यस प्रकरणमा ओलीलाई नै दोष दिएका छन्। हाल चिया बगान वार्षिक करोडौं रुपैयाँ घाटामा गएका बेला सरकारले निकास नदिने हो भने क्षतिपूर्ति दिएर उक्त जग्गा राज्यले लैजान गिरीले चुनौतीसमेत दिए।

उनले भने,  ‘बिर्तामोडमा कि चिया बगान हुन्छ कि सहर हुन्छ। दुवै चाहिं सम्भव छैन। होइन चिया बगान नै चाहिन्छ भन्ने हो भने सहर सार्नुपर्छ। नत्र सहरको भीडमा चिया बगान सम्भव छैन।’

चिया बगानमा प्रयोग हुने विभिन्न प्रकारका विषादी तथा मलखादका कारण मानिसको स्वास्थ्यमा गम्भीर समस्या निम्तिने भएर पनि सहरमा चिया बगान सम्भव नभएको गिरीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?