भारतसँग पहिलो पटक भिड्दै अमेरिका

भारतसँग पहिलो पटक भिड्दै अमेरिका
+
-

काठमाडाैँ – टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को आफ्नो तेस्रो खेलमा बुधबार भारत र अमेरिका प्रतिस्पर्धा गर्दै छन्। लगातार दुई खेल जितेका दुबै टोली तेस्रो जितको खोजिमा रहेका छन्।

आजको खेल जित्ने टोलीले शीर्ष आठमा स्थान बनाउनेछ। अमेरिका पहिलो पटक भारतसँग कुनै पनि फर्म्याटको क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल भारत र अमेरिकाका लागि जस्तै पाकिस्तानका लागि महत्वपूर्ण छ। अघिल्लो चरणको झिनो आसा कायम राख्न आजको खेलमा भारतले अमेरिकालाई पराजित गरे तुलनात्मक रुपमा पाकिस्तानलाई सहज हुनेछ।

किनकि अन्तिम खेलमा भारतले क्यनडा र अमेरिकाले आयरल्यान्डसँग खेल्नु पर्ने छ। यस्तोमा अमेरिका आज हारेमा आयरल्यान्ड विरुद्धको खेल निर्णायक हुनेछ। यद्यपि भारत हारेमा भने अन्तिम खेलमा क्यानडाले भारतलाई हराउनु पर्ने हुन्छ। जुन निकै मुस्किल मानिएको छ। खेल न्युयोर्क स्थित नासाउ क्रिकेट स्टेडियममा राती ८:१५ मा सुरु हुने छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा क्यानडालाई हराएको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो।

भारतले भने पहिलो खेलमा आयरल्यान्ड र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो। भारत विरुद्ध खेल्ने अमेरिकी टोलीका अधिकांस सदस्य भारतीय मुलुककै रहेका छन्। ८ भारतीय मुलुकका खेलाडी अमेरिकी टोलीमा रहेका छन्। त्यसैले यो खेललाई एक प्रकारले भारतीय विरुद्ध भारतीयको प्रतिस्पर्धाका रुपमा समेत हेरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?