
मुगु – राष्टिय गौरबको आयोजनाको रूपमा रहेको कर्णाली करिडोर आगामी अषाढ महिनाको मसान्तसम्म मुगु जोडिने भएको छ।
सोरू गाउँपालिकाको आर्थिक लगानीमा हुम्लाको सिमा जोडिएको सोरू गाउँपालिका – १ र २ मा पर्ने पिपलमुडा भन्ने स्थानको हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेपछि अबको १ महिना भित्रमा कर्णाली करिडोर मुगुको सोरू गाउँपालिकामा जोडिने सोरू गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले जानकारी दिए।
अबको १ महिना भित्र सोरूकोट कर्णाली करिडोरमा जोडिने अध्यक्ष शाहीले बताउनु भयो। कर्णाली राजमार्ग भन्दा कर्णाली करिडोर यात्रा गर्दा हिउँदमा हिमपातको समस्या नहुने तथा छिटो र छरितो रूपबाट सुर्खेत नेपालगन्ज मुगुबाट गाडीमा सँवार गर्दा एक दिनमा पुगिने भएकाले सोरू गाउँपालिकाले पिपलमुडाको बेलिब्रिजमा लगानी गरेको सोरू गाउँपालिका का उपाध्यक्ष केशरजङ्ग शाहीले बताए ।
४ करोड ५० लाख लगानी रहेको उक्त बेलिब्रिज पुलले हुम्ला र मुगु जोड्ने छ। सोरूकोट देखि पिपलमुडा सम्म यस अघिनै सोरूकोट सम्म ट्याक खोलि सकिएको छ। पिपलमुडा वेलिब्रिज बन्ने बितिकै कर्णाली करिडोर भएर आउने सँवारीका साधन हरू सिधै सोरूकोट हुँदै गमगढी पुग्ने अपेक्षा यहाँका जनताहरूले गरेका छन्।
यसअघि सुर्खेत पुग्न दुई दिनको समय लाग्नेमा अब एक दिनको समय छोटिने जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्कीले बताए। बजेट अभाबका कारण बेलिब्रिज निर्माणमा केही ढिलाई भए पनि योजना स्थलमा सबै निर्माण सामाग्री हरू पुगिसकेको बताईएको छ भने निर्माणको काम अन्तिम चरणमा पुगेको छ। जलभ रबिचक्र जेभि निर्माण कम्पनीले बेलिब्रिज निर्माणको जिम्मा लिएको छ।