झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने
+
-

झापा- झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

यही असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना फर्स्ट स्टेप फिटनेसले गर्न लागेको हो । बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो ।

प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेका अनुसार झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको हो ।

अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पाउने प्रतियोगिताका सचिव माधव झाले बताए ।

त्यस्तै, व्यक्तिगततर्फ बेस्ट मस्कुलर र बेस्ट फिजिक्सतर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधाबाट एकएकजना च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

प्रतियोगिता सम्पन्न गर्न नगद १५ लाख रुपैयाँ लाग्ने प्रतियोगिताका सचिव झाले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?