
अ
+
अ
अ
-
झापा- प्रतिनिधि सभा बैठक आज पनि बिहान ११ बजे बस्ने भएको छ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने संसद् सचिवालयद्वारा प्रकाशित कार्यसूचीमा उल्लेख छ।
प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो।