चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छः सांसद यादव

चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको छः सांसद यादव
+
-

काठमाडाैँ – कांग्रेस सांसद नागिना यादवले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताएकी छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले चरे संरक्षणका लागि बनेको चुरे तराई मधेस संरक्षण विकास समितिमा कामभन्दा बढी राजनीति भएको बताइन्। उनले चुरेमा भइरहेको कामको परिणामले सो कुरा पुष्टि हुने बताइन्। उनले अझै पनि चुरे क्षेत्र अतिक्रमणको सिकार भइरहेको बताइन्।

उनले भनिन् , ‘सरकारले २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरे। तर यो समितिमा कामभन्दा राजनीति बढी भएको छ। चुरेको परिणामले पनि देखाइरहेको छ।

उही समितिको रिपोर्ट अनुसार मैले १९९० देखि २०२० सम्म चरेमा ३२ हजार ५० हेक्टर वन बढेको छ। तर ६४ हजार ३०१ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। मापदण्ड विपरित ९६ हजार ३०६ हेक्टर खोलाको किनारा हराएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको अवस्था पनि यस्तै छ।’ उनले तराई मधेसमा खानेपानीको सुविधा पुर्‍याउन माग समेत गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?