
काठमाडौँ- कोशी प्रदेशका अधिकांश भागमा आज बिहानैदेखि बर्षा भइरहेको छ। प्रदेशका पहाडि भेगमा भारी बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
त्यही प्रभावका कारण कोशी र मधेश प्रदेशको मौसम साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
मधेश र बाग्मतीका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का दखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।