
मुगु– मुगुलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा सिंचाई नहुँदा कृषकहरूले खेत गडामा लगायको बर्षे बालीका बेर्नाहरू खेतगडामै सुख्न थालेपछि कृषकहरू चिन्तित बनेका छन्।
लामो समयदेखि पानी नपरी सुख्खा खडेरीका कारण कृषकहरूका खेतगडामा लगाईएको कोदो, धानका बेर्ना मकै, भट्मास, चिनो, काउनी, मार्सेका बोटहरू सुख्दै गए पछि स्थानिय कृषकहरू चिन्तित बनेका हुन्।
नेपालमा दिन प्रतिदिन जलबायुको नकारात्मक प्रभाव परिरहेका बेला हिँउद ऋतुमा हिमाली भेगका उच्च स्थानमा कम हिमपात हुनुका साथै अषाढ महिना लागी सक्दा पनि पानी नपरी सुख्खा खडेरी पर्दै गए पछि भएका पानीका मुहानहरू सुक्दा खेत गडामा समेत सिंचाईको अभाव देखिएको हो। एका तिर जिल्लामा आर्थिक मन्दिले बेरोजगारी बढेर दैनिक जिबिकोपार्जन गर्न मुस्किल भैराखेका बेला सुख्खा खडेरीले समयमा नै खेतीपाती नहुँदा भोकमरी निम्तिने खतरा बढेको छायाँनाथ रारा नगरपालिकाका कृषक नन्द बहादुर मल्लले बताए।
मुगुलगायत साबिक कर्णाली अन्चलका हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा असारमा धान रोपाई र कोदोको बेर्ना सार्ने गरिन्छ तर असार महिनाको आगमन सँगै वर्षा नभए पछि कृषकहरू धान रोपाई र कोदाको बेर्ना सार्न पाएका छैनन् भने जिल्लाका गाउँ बस्तीमा पानीका मुहान सुक्दै जान थालेपछि गाउँघरमा समेत खानेपानी अपुग हुन थालेको छ। वर्षा नभएका कारण, गाउँ बस्तीमा सुख्दा , धुवाँ धुलोले रूघा खोकीका बिरामीहरू समेत बढेको बताईएको छ।