
अ
+
अ
अ
-
झापा- झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडस्थित राजमार्गमा यात्रुवाहक बस र टिप्पर एकापसमा ठोकिँदा २१ जना यात्रु घाइते भएका छन् ।
झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा ३ ख २१६६ नम्बरको टिप्पर र दमकबाट आउँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुबाहक बस आपसमा ठोकिएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेमध्ये दमक रिसर्च सेन्टरमा ११ जनाको उपचार भइरहेको छ भने लाइफलाइन अस्पतालमा नौ जना भर्ना भएका छन्।
घाइतेहरूको पूर्ण विवरण खुल्न बाँकी छ। प्रहरीले बस चालक उदयपुर त्रियुगा नगरपालिका ३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषा गणेशमान नगरपालिका ५ का ३४ वर्षीय शेरबहादुर राईलाई नियन्त्रणमा लिएको छ।