
वीरगञ्ज – वीरगञ्ज बजारमा मानव स्वास्थ्यलाई असर गर्ने कार्वाइड प्रयोग गरी पकाइएको आँप बिक्री भइरहेको गुनासोको आधारमा बुधबार आँप गोदाममा अनुगमन गरिएको छ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जसहित सरोकारवाला निकायको टोलीले वीरगञ्जमा रहेका ठूला आँप गोदाममा अनुगमन गरेको हो।
टोलिले वीरगञ्ज महानगरपालिका–१३ मा रहेको गणपति ट्रेडर्स,चादनी फ्रुट ट्रेडर्स,संकट मोचन फ्रुट ट्रेडर्स,मा जगदम्बा फ्रुट ट्रेडर्स लगायतका आपका गोदाममा अनुगमन गरिएको थियो।
अनुगमनको क्रममा ती गोदाममा रहेका आपहरु पकाउन कार्वाइडको प्रयोग नभएको तथा नेपाल सरकारले इजाजत दिएको इथिलिन ग्यास प्रयोग गरिएको अनुगमनमा खटिएका खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख सुरेस सिंहले जानकारी दिए।
अहिले प्रायः सबै जसो उपभोक्ता आँप खरिद गर्ने गरेकोले मानव स्वास्थयलाइ हानी पुर्याउने कारवाइड प्रयोग गरी पकाइएको आँप बिक्री वितरण नहोस् भनी अनुगमन गरिएको सिंहले बताए।
आँप गोदामका संचालकलाई कारवाइडको प्रयोग आँप पकाउन नगर्न पनि कडा निर्देशन दिएको उनले बताए।