
पोखरा – नेकपा एमालेले गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको हिसाब नमिलेको भन्दै सरकारको जवाफ मागेको छ। प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सरकारको धारण मागेपछि प्रदेश सभा बैठक स्थगित भएको हो।
गण्डकी सरकारले आगामी वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमाथि आजदेखि छलफल सुरु भएको छ। नेकपा एमाले दलका उपनेता लीलाबहादुर थापाले सरकारले ल्याएको बजेटको हिसाब बिग्रिएको बताए। ९६ करोड १९ लाख ७५ हजार रुपैयाँ हिसाब नपुगेको उनले जानकारी गराए।
गण्डकीमा आगामी आर्थिक वर्ष २०८१÷८२ को संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ रहेको छ। राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब १० करोड ११ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ एक अर्ब १९ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १७ करोड रुपैयाँ, चालु आर्थिक वर्षको योजना कार्यन्वयनपश्चात २ अर्ब ९४ करोड रुपैयाँ नगद मौज्दात बचत हुने र १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पुर्ति गर्ने योजना गण्डकी प्रदेश सरकारको छ।
‘अब त्यसो भए ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार पुग्यो त रु माननीय जिहरु म सरकारकोे तर्फबाट गम्भिर जवाफ चाहान्छु। हिसाब नपुगेपछि हामी कसरी अगाडि बढ्ने रु ’, थापाले भने। नैतिकताको संकट सरकार र अर्थमन्त्रीमा देखिएको उनको भनाइ थियो।
लिलबहादुर थापाले लगत्तै एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सरकारको धारणा मागे। त्यसपछि सभामुख कृष्णप्रसाद धितालले १० मिनेटका लागि स्थगीत गरेको बैठक अझै सुरु हुन सकेको छैन। १ घण्टादेखी बैठक सुचारु हुन नसकेको हो।