सांसदहरुलाई श्रममन्त्रीको आग्रहः मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

सांसदहरुलाई श्रममन्त्रीको आग्रहः मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्
+
-

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन्।

बिहीवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले विकासका कुराहरुमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए।

उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे। उनले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताए। उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए। उनले सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रालाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए।

उनले भने, ‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरुमा राजनीति नगरि दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन् । देश र सरकार छ भन्ने महशुस नागरिकलाई गराउन सक्छौँ । सामाजिक सुरक्षा कोषका बारेमा हामीले धेरैपटक बजेट भन्दा अगाडि पनि अर्थमन्त्री,प्रधानमन्त्रीज्युसँग कुरा गरेका छाँै । अलिकति प्रचार प्रसार गर्न सकिएको छैन । सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोष लैजान नसक्ने,निजी क्षेत्रलाई जबरजस्ती तिमीहरु हुुनपर्ने भन्ने छ । यो अलिकति पूरा भएन । त्यसमा सुहाएन । सचिवालयका कर्मचारीहरु आन्दोलनमा हुनुहुन्छ त सचिवालयको कर्मचारीले पनि बाहिर उठेर हुलदंगा गरेपछि मात्रै हामी उहाँहरुका लागि वार्ता समिति बनाउने हो र ? यो संवेदनशील विषय हो । म आफैँ मन्त्री छु, सरकारमा छु, म संवेदनशील छु ।’

उनले संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरुका माग सम्बोधन हुनुपर्ने बताउनु भयो । उहाँले आन्दोलन गरेपछि मात्रै वार्ता समिति बनाउने कुरा राम्रो नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?