लागुऔषधसहित ४ जना विदेशी नागरिक पक्राउ

लागुऔषधसहित ४ जना विदेशी नागरिक पक्राउ
+
-

काठमाडाैँ – नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरुको निगरानी गर्दै जाने क्रममा उनीहरुलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको बताए।

उनकाअनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौं १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो।

निजले उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरु इथियोपियाको एडिस अबबा पुगि निलेर काठमाडौं आएको पाइएको बताउनु भयो । अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरु समेत गरी ७७ वटा कोकिनका क्याप्सुलहरुबाट १ केजी २६० ग्राम बरामद गरिएको बताए।

जेठ ३० गते इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरिएको बताए। निजको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरुमा बटनभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध कोकिन २ किलो सय ग्राम बरामद गरिएको बताए। त्यस्तै असार १ गते कतार एयरको उडानबाट नेपाल आएका भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौं २६ स्थित एक होटलबाट शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । उनको साथबाट कोकिनका ९२ क्याप्सुलबाट १ किलो १९८ ग्राम बरामद गरी अनुसन्धान भइरहेको बताए।

उनले कोकिनका उक्र क्याप्सुलहरु डेलिभरि दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु अतस्ंगीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताए। बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुने प्रहरलिे बताएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?