झापाको सामुदायिक मावि मोहनमाया देशभरकै उत्कृष्ट विद्यालयमध्ये १५औं नम्बरमा

झापाको सामुदायिक मावि मोहनमाया देशभरकै उत्कृष्ट विद्यालयमध्ये १५औं नम्बरमा
+
-

झापा- झापाको बिर्तामोड- २ रामचौकमा रहेको मोहनमाया माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयहरूमध्ये १५औंमा पर्न सफल भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको देशकै उत्कृष्ट सामुदायिक विद्यालयहरुको सूचीमा झापाको एकमात्र मोहनमाया मावि पर्न सफल भएको हो।

राष्ट्रिय परीक्षा बोर्डबाट प्राप्त तथ्यांक अनुसार शिक्षा मन्त्रालयले २०७९ को एसईई परीक्षामा कम्तीमा सयजना विद्यार्थी सहभागी भइ समग्र जीपीए ३.२ र सोभन्दा बढी हासिल गर्ने विद्यार्थीको प्रतिशत ३० वा सोभन्दा बढी भएका सामुदायिक विद्यालयहरुको विवरण सार्वजनिक गरेको थियो।

सो विवरण अनुसार मोहनमाया देशकै उत्कृष्ट १५ मा पर्न सफल भएको हो। मोहनमायाले २०७९ को एसईई परीक्षामा ११६ जना विद्यार्थी सहभागी भएकोमा ३.२ जीपीएभन्दा बढी ल्याउने ५० जना रहेका छन्। जुन ४३.१० प्रतिशत हो।

यसअघि मोहनमाया मावि झापा जिल्लाकै उत्कृष्ट भएको थियो। एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी मोहनमायाका विद्यार्थीहरु उत्तीर्ण भएका थिए।

मोहनमाया माविका तर्फबाट ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै २६ जनाले उत्तीर्ण गरेका छन्। त्यस्तै ३.२० देखि ३.६० जीपीएमा २४ जना, २.८० देखि ३.२० जीपीएमा ३६ जना,२.४० देखि २.८० जीपीएमा १४ जना, २.०० देखि २.४० जीपीएमा ११ जना र १.६० देखि २.०० जीपीएमा ४ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए।

परीक्षा दिने सबै विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लामै मोहनमायाको पठनपाठन उत्कृष्ट रहेको छ। देशकै उत्कृष्ट विद्यालयहरुको सूची अर्थ मन्त्रालयबाट प्रकाशन भएको आर्थिक सर्वेक्षण २०८०/८१ मा समावेश गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?