मधेसमा खानेपानीका समस्या समाधान गर्न सांसद चौरसियाको माग

मधेसमा खानेपानीका समस्या समाधान गर्न सांसद चौरसियाको माग
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आँधी, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेसको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए। उनले भैँसीको अगाडि वीन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे।

सांसद चौरसियाले भने, ‘मधेशमा खानेपानीको समस्या भएको छ। मुहानहरु सुक्दै गएका छन्। र पानीको लागि त्राहीमाम छ। हाहाकार छ। अर्कोतिर आँधि, तुफान, हावाहुरीको कारणले, असीनाको कारणले घर उठाएको छ। खेतीपाती नोक्शान भएको छ। बगैँचा नोक्शान भएको छ। र पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरु उठाएको छु। तर सरकार कानमा तेल हालेर सुतेको छ। सम्माननीय सभामुखबाट रुलिङ होस्। मधेशमा एउटा उखान छ– भैंसका आगे विन बजाय। त्यस्तो नहोस्। र संसद सचिवालयका कर्मचारीहरुको जायज माग अभिलम्ब पूरा गरियोस्।’

सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?