छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्री लामिछानेलाई अध्यक्ष दाहालको रुलिङ

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्री लामिछानेलाई अध्यक्ष दाहालको रुलिङ
+
-

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अध्यक्ष दाहालले रुलिङ गरेका हुन्।

उनले आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भए पनि चासो नदेखाएको बताए। उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै बनाएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे।

उनले भने, ‘आकस्मिक समय, शून्य समयलगायत जुन समयमा मान्य सदस्यहरुले विषय उठाउनुहुन्छ, ती विषयहरु सधैँजसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ। हरेक दिन पठाएका छौँ। यहाँ उठेका विषयहरुका बारेमा जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै हामीले दिइसकेका छौँ। यी सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ। आज उठेका विषयहरु जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।’

आइतबारको बैठकमा सांसदहरुले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?