सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छः मन्त्री सुडी

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छः मन्त्री सुडी
+
-

काठमाडौँ – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्‌बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका हुन्।

उनले विगतमा काठको मूल्य बढी भएको कारणले नेपालको काठ बिक्री हुन नसकेका बताए।

एक–दुई महिनाभित्रमा नै सबै नियम, कानुन मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महँगो पर्न नदिने उनको भनाइ थियो। उनले वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ सङ्कल्पित रहेको उल्लेख गरे। उनले वन ऐन संशोधन गर्नका लागि संसदमा छिटो पेश गरिने जानकारी दिए।

मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठ नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए। विदेश काठ उपयोग नगर्ने नीति लिनुपर्ने उनको भनाइ थियो। उनले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने भन्दै एक व्यक्तिले कम्तिमा १० वटा रुख रोप्नुपर्नेमा जोड दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?