डिसिप्लिन इन्चार्जले रबरको पाइपले विद्यार्थी कुटे, एक जना अस्पताल भर्ना

डिसिप्लिन इन्चार्जले रबरको पाइपले विद्यार्थी कुटे, एक जना अस्पताल भर्ना
+
-

झापा- झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का केही विद्यार्थीलाई डिसिप्लिन इन्चार्जले मरणासन्न हुनेगरी कुटेका छन्।

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो।

कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया-छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्।

कक्षामा होहल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

कुटाइ खाने विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त कारबाहीको माग गरेकी छन्।

उनले भनिन्, ‘हाम्रा बच्चाले बदमासी गरेको भए हामीलाई किन थाहा दिइएन? हाम्रा बच्चा यसरी कुट्ने अधिकार कस्ले दियो? मेरो बच्चाले २५ पाइप खाएको रहेछ।’

विद्यार्थी कुटने डिसिप्लिन इन्चार्ज अहिले सम्पर्कविहीन भएका छन्। उनको मोबाइल फोन अफ छ। भण्डारीको घरमा सम्पर्क गर्दा उनी घरमा पनि नरहेको भन्ने बुझिएको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए।

प्रधानाध्यापक भण्डारीले डिआईलाई विद्यार्थीलाई भौतिक सजाय दिन पाइँदैन भनेर पटक/पटक सम्झाएको बताए।

उनले भने,  ‘उनलाई निष्कासन गर्ने विषयमा छलफल गर्दैछौं।’

आइतबार दिउँसो कुटाइ खाएपछि केही विद्यार्थी घरमा गएर अचानक सुतेको देखेर अभिभावकले सोधीखोजी गरेका थिए। केही विद्यार्थीलाई अचानक ज्वरो आएपछि अभिभावक आत्तिएका थिए।

विद्यार्थीले कुटाइ खाएको कुरा अभिभावकलाई बताएपछि अभिभावकहरू आइतबार राति नै इलाका प्रहरी कार्यालय, बुधबारेमा भेला भएर विद्यार्थी कुट्ने भण्डारीमाथि कानुनी कारबाहीका लागि दबाब दिएका थिए।

सोही विषयमा अहिले बिहान इलाका प्रहरी कार्यालय, बुधबारेमा सर्वपक्षीय छलफल बोलाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?