
अ
+
अ
अ
-
वीरगन्ज – आफ्नै बहिनीको हत्या गरेको आरोपमा उनका दाजुलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–८ नरकटिया टोल बस्ने २२ बर्षका दिपेन्द्र कुमार राम छन्।
उनले आइतबार बिहान घरायसी विवादको कारण आवेशमा आई बाँसको मुङग्रोले आफ्नी २० बर्षकि बहिनी तेतरी कुमारी रामको टाउकोमा प्रहार उनी गम्भिर घाईते भएकी थिइन् ।
घाइते तेतरीको उपचारको लागि बिरगंज स्थित नारायणी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको रौतहटकि प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरिले जानकारी दिइन्। तेतरीको।मृत्यु भएपछि उनका दाजु दीपेन्द्रलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको गिरिले बताइन् ।