८ वर्षपछि टुङ्गियो पालिका केन्द्र तोक्ने बिवाद

८ वर्षपछि टुङ्गियो पालिका केन्द्र तोक्ने बिवाद
+
-

मुगु – जिल्ला स्थित सोरु गाउँपालिका केन्द्र तोक्ने बिवाद ८ बर्षपछि समधान भएको छ। १४ औ गाउँसभामा पालिका अध्यक्ष, उपाध्यक्ष वडाअध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुको बहुमत निर्णयले पालिका केन्द्र सोरुकोट मै निर्धारण गरिएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले बताएका छन्।
उनले भने स्थानीयतह संचालन भएको ८ बर्ष सम्म यस सोरु गाउपालिकाको पाालिका केन्द्र निर्धारण नहुँदा पूर्बाधार निर्माण देखि प्रशासनिक कामकाज गर्न गाह्रो भएपछि यो पटकको १४ औं गाउँसभाले पहिलो निर्णय पालिका केन्द्र सोरुकोटमा तोक्ने गरेको थियो।

बिगत ८ बर्ष देखि अस्थायी रुपमा सोरुकोटमा पालिका स्तरका बिकास निर्माणका कामकाज देखि सेवाग्राहीका सेवा प्रबाह गर्दै आएको भएपनि अस्थायी पालिका केन्द्रले गर्दा जनप्रतिनिधि देखि कर्मचारीहरुलाइ काम गर्न अप्ठेरो हुँदै आएको थियो।

गाउँपालिकाले आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै सोरु गाउपालिकाको पालिका केन्द्र सोरुकोट मै तोकिएको निर्णय सार्बजनिक गरि सबैलाई जानकारी गराएको छ।

विगतका गाउँसभामा सोरुका जम्म ११ वटा वडाहरु मध्ये ६ वडाका जनप्रतिनिधिले पालिका केन्द्र जिमा कुलाहा भन्ने स्थानमा र ५ वडाका जनप्रतिनिधिले सोरुकोट भन्ने स्थानमा पालिका केन्द्र हुन पर्ने अडानका कारण केन्द्र निर्धारण अन्यौल उत्पन्न भएको अबस्थामा यो पटक सबै जनप्रतिनिधिले सोरुकोट राख्ने सहमति गरेका छन।

सोरुकोटमा बिद्युत, बैंक, प्रहरी चौकी, खाद्य डिपो, सडक पूर्बाधार बजार ब्याबस्था बिद्यालय लगायत सबैको पहुच भएकोले १४ औ गाउसभाले पालिका केन्द्र सोरुकोट राख्ने बहुमतले निर्णय गरिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीको बताए।

पालिकाको केन्द्र निर्धारण टुङगो लाग्यो अब जग्गा खरिद गरि पालिकाका भित्रका सबै बिषयगत शाखा तथा अन्य आवश्यकिय पूर्बाधार निर्माणका काम अघि बढाउछौ पालिका अध्यक्ष शाहिले भने पालिका केन्द्र निर्धारण्को लागि पटक पटक छलफल बहस भइरहेको अबस्थामा यो गाउँ सभाबाट पालिका केन्द्र तोकिए पछि सोरुबासी जनता खुशी भएका छन।

सोरु गाउपालिकाले यो पटक एउटा महत्वपूर्ण निर्णय पालिका केन्द्र निर्धारण गर्ने गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताएका छन्। उनका अनुसार अब भौतिक संरचना निर्माणमा पालिकाले ध्यान दिई गाउँपालिकालाई नगरपालिका उन्मुख पालिका बनाउनु पर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?