पोखरा – स्याङजाको आँधीखोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो पुतलीबजार नगरपालिका–१४ पुतलीखेतमा स्थानीय ३५ वर्षीय सूर्य भण्डारीलाई खोला बगाउँदा मृत फेला परेका हुन्।
आँधीखोलाले बगाएको खबर पाएको प्रहरीले खोजतलास गर्दा बगाएको स्थानबाट ९ सय मिटर तल मृत फेला परको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
दुई घण्टा मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङजा पठाइएको छ। घटास्थल नजिकै पुलसमेत रहेको छ । खोला तर्ने बेलामा मृत्यु भएको या अन्य कारणले हो घटनाको बारेमा थप अनुसन्धान भइरहेको रानाले जानकारी दिए। पौडी खेल्ने क्रममा खोलाले बगाएको जस्तो देखिने प्रहरीले जनाएको छ।