
पोखरा – फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बागलुङका ३३ वर्षीय सुकबहादुर मगर छन् ।
बुधबार अपरान्ह पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो। मगरलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।