छायाँनाथको प्राथमिकतामा बेलिवृजदेखि खेल मैदान र एकघर एकधारासम्म

छायाँनाथको प्राथमिकतामा बेलिवृजदेखि खेल मैदान र एकघर एकधारासम्म
+
-

गमगढी –मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले आफ्नो बजेटमा प्राथमिकतामा रहेका योजना सार्वजनिक गरेको छ।
गत ७ गते नीति तथा कार्यक्रम पास गर्दै आफ्नो १५ औ नगरसभा उदघाटन गरेको नगरसभाले त्यस यता बजेट माथी नगरसभा सदस्य विच छलफल र सहमती गर्दै आएको थियो।

वुधबार आथिक वर्ष २०८१/०८२ का लागि ६० करोड २६ लाख ७१ हजार ९२९ रुपैयाँको बजेट सार्जनिक गरेको छ। सार्वजनिक गरिएको बजेट अनुसार कर्णाली प्रदेश सरकारबाट प्रदेश समानिकरण शिर्षकमा १ करोड ४१ लाख ५८ हजार,राजश्व बाडफाड २७ लाख ४७ हजार ९२९ रुपैयाँ,शशर्त अनुदान ४ करोड ८८ लाख ३३ हजार,प्रदेशबाट आँखा अस्पताल बनाउन समपूरक अनुदान ४८ लाख,प्रदेश चैन झुलुङ्गे पुल समपूरक अनुदान ४८ लाख प्राप्त हुनेछ।
यस्तै संघीय सरकारबाट समानिकरण शीर्षकबाट ११ करोड ७९ लाख,राजश्व बाडफाडबाट ११ करोड २३ लाख,शशर्त अनुदान २७ करोड ६० लाख ९३ हजार,समपुरक अनुदान सुम्ली वेलिबृज ६० लाख प्राप्त हुने नगरप्रमुख विष्णु कुमार भामले जानकारी गराएका छन्।

उनका अनुसार आगामी आथिक वर्षमा १ करोड ५० लाख नगरपालिकाले आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको छ। नगरपालिकाले नगर गौरवका योजनाका रुपमा खुल्ला मन्च बनाउन जग्गा प्राप्तिका लागि मुहब्जा दिन २ करोड,गुम्बा निर्माण गर्न ५० लाख छुटाइएको छ।

नगर पालिका भित्र रहेका ८७ बस्तिहरुमा एक घर एक धाराको अभियान चलाउदै आएको छायानाथले जनताका घर घरमा खानेपानी पुर्याउन पुर्वाधार निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ।

नगरपालिकाका प्राय सबै वस्तिहर सडक सन्जालमा जोडिए पनि मुगु कर्णाली पारी रहेको सुम्ली गाउमा सडक पुग्न सकेको छैन। पालिकाको एक गाउँ सडक संजालबाट बाहिर नहोस भनेर यसपाली मुगु कर्णाली माथी विलिवृज बनाइ सुल्ली गाउँसम्म सडक पुर्याउन ५ करोड बहुबर्षिय योजना बनाएको नगरप्रमुख भामले जानकारी दिए।

जिर्ण रहेका नगरभित्रका विधालयहरुमा पक्की भवन बनाउन १ करोड सन्तानब्य लाख रकम छुटाएको छ। समग्रमा पुजिगत तर्फ ३१ करोड १४ लाख ३० हजार र चालूतर्फ २९ करोड ११ लाख ७० हजार बजेट छायानाथ रारा नगर पालिकाले आथिक वर्ष २०८२र०८२ का लागि छुटाएको बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?