
काठमाडाैँ – सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन्।
आईतवार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताए। संसदको कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने बताए। उनले संसदीय कुटनीतिले देशलाई ठिक दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भुमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए। उनले संसदले जनताको हृदयमा संसदीय कुटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ की सक्दैन रु भन्नेकुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए। उनले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भुमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरु गरिसकोको बताए। उनले २००७ सालदेखि बनेका कानुनहरु अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताए।
सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कुटनीतिलाई ठिक ढंगबाट निक्र्यौल गर्ने, विश्वव्यापी रुपमा कुटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए।