विकास निर्माणका काममा दलगत स्वार्थ नराखौं: विश्वप्रकाश शर्मा

विकास निर्माणका काममा दलगत स्वार्थ नराखौं: विश्वप्रकाश शर्मा
+
-

झापा- नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले विकास निर्माणका काममा दलगत स्वार्थ नहेर्न आग्रह गरेका छन्।

सोमबार झापाको बुद्धशान्तिमा झोलुंगे पुल निर्माण कार्यको शिलान्यास गर्दै कांग्रेस महामन्त्री शर्माले सबै दलका नेता/कार्यकर्ता दलगत स्वार्थ भन्दा माथि उठेर विकास निर्माणका काममा सहयोग गरेमात्र देशले समृद्धिको बाटो लिने बताएका हुन्।

उनले भने, ‘सरकारमा जो जाला, जुन/जुन दल जालान्, त्यो कुरा अहिलेलाई छाडिदिऊँ। तर मूल विषय भनेको जनताको काम हुनु हो। विकास निर्माणका कामको कार्यान्वय तलबाट गर्नुपर्ने हुन्छ। त्यस्ता काम चाहिँ हामी राजनीति नगरौं।’

दलको राजनीति एकातिर भए पनि र विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘म मन्त्री हुँ-नहुँ त्यस्ले फरक पार्नु हुँदैन। मन्त्री भए पनि नभए पनि जनताको काममा जोडिनु पर्छ।’

देशकै तेस्रो लामो झोलुङ्गे पुल शिलान्यास

झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास सोमबार भएको छ । सोही पुल निर्माणको शिलान्यास शर्माले गरेका हुन्।

बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाइको झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले इलाम र झापाका गाउँहरूलाई पनि जोड्ने सांसद शर्माले बताए।

थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसा रहेको छ।

२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?