
मुगु – सात दिनयता साविक कर्णाली अञ्चलका ५ जिल्लामा न सडक सुचारु छ न त हवाई सेवा नै ! सबै अवरुद्ध भएका छन्। लगातारको वर्षा र मौसममा आएको खरावीका कारण यहाँ रहेका ४ वटा विमानस्थलमा हवाई उडान अवरुद्ध भएका छन् भने कर्णाली राजमार्ग र कर्णाली करिडोरको ठाउँ ठाउँमा बाढी,पहिरोले सडकमा अवरोध पार्दा यातायातका साधन चल्न सकेका छैनन्।
सडक र हवाई दुबैतिर अवरुद्द भएपछि अहिले साविकका कर्णालीबासी एक किसिमको मौसमी नाकाबन्दीमा परेका छन्।
अत्यावश्यक काम विषेशले यी जिल्लाबाट बाहिरिने र भित्रनेहरु समस्यामा परेका छ्न्। विकल्प नहुदा कर्णालिबासीका अत्यावश्यक काम छुटेका छन्।
छायानाथ रारा नगरपालिका वडा न ११ का नौलासिग नेपाली आफु अत्यावश्यक कामले सुर्खेत जानू पर्ने भए पनि सडकमा गाडी र एअरपोर्टमा जहाज नचल्दा जान नसकेको बताउँछन्।
यस्तै २२ गते सम्पन्न शिक्षक सेवा आयोगको परीक्षा दिन जान नपाएर धेरै जनाको परीक्षा छुटेको छ। छायानाथ रारा नगरपालिका वडा न १० तल्लेख गाउका स्थानिय मोहन शाही गाडी र पेलेन नचलेकाले आफ्नो परीक्षा छुटेको सुनाउँछन्।
परीक्षा मात्र होइन यातायातका कुनै साधन नचल्दा सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गर्न जाने विरामी र कार्यालय कामले प्रदेश तथा संघिय राजधानीतिर जाने कर्मचारी पनि जिल्लामै रोकिनुपरेको छ।
वर्षा लागेपछि सडक अव्ररुद्ध भै बजारमा दैनिक उपभोग्य सामान र निर्माणका सामान अभाव हुन्छ भन्दै व्यापारीहरुले मौजाद राख्नका लागि मगाएका सामान बोकेका मालवाहक गाडिहरु पनि विच बाटोमै रोकिएका मुगु उधोग बाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा बताउँछन्। वर्षाले हवाईदेखि सडक अवरुद्ध लम्विने हो भने छिटै बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन सक्छ।
सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीर बहादुर जिटिका अनुसार कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने गगने खोला,एसमोड,झाम्ला खोला,दहि खोला,हुल्म र दैलेखको पातरखोला लगायतका दर्जन बढी स्थानमा पहिरो,बाढि र लेदो आउदा सडक अवरुद्ध हुँदै आएको छ ,यी स्थानमा सडक डिभिजन जुम्लाले अबरोध पन्छाउन स्काभेटर तयारी अबस्थामा राखेर छ। पहिरो र लेदो पन्छाउदै गयो पुनस् पहिरो र लेदो आउने अनि नया ठाउहरुमा पहिरो खसी दिदा सडक घरी घरी अबरोध हुने र सडक डिभिजनले खुलाउने गर्दै आएको छ।
सडक अवरुद्द भएपनी मौषममा सुधार भैदिएको भए हवाइ सेवा नियमित हुने थियो तर मौषममा सुधार नहुदा मुगुको रारा विमान स्थल,हुम्लाको सिमिकोट विमान स्थल,जुम्लाको जुम्ला विमान स्थल र डोल्पाको जुफाल विमान स्थलहरुमा एक साताबाट जहाजहरुले उडान भर्न सकिरहेका छैनन् रारा नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख श्री कृष्ण रिजालले बताउँछन्।
रारा नागरिक उड्डयन कार्यालय प्रमुख रिजालका अनुसार उडान बन्द भएपछि मुगु,जुम्ला,डोल्पा र हुम्लाबाट नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट साविक कर्णालीका जिल्लाहरु तिर आउने यात्रु विमानस्थल मै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ भने आइतबारबाट मौसममा केहि सुधार आउला जस्तो छ हेरौ अब के हुन्छ्।
सडक अवरुद्ध हुदा हवाइ सेवा र हवाइसेवा अवरुद्ध हुदा सडकमार्ग विकल्पका रुपमा कर्णालीबासीले प्रयोग गर्दै आएका थिए तर एक साताबाट स्थल र हवाइ दुबै सेवा अवरुद्ध भएपछी कर्णालीबासी उकुस मुकुसमा परेका छन् भने विरामी लगायत अत्यावश्यक काम परेकाहरु भगवान भरोसामा छन स्थानिय कुशलराज मल्ल भन्छन्।
लगातारको वर्षाले राष्ट्रिय राजमार्ग र हवाइमार्ग मात्र अवरुद्ध भएका छैनन् गाउँ गाउबाट पालिका केन्द्र र जिल्ला सदरमुकामसम्म जोडने ग्रामीण सडकहरुमा पनि पहिरो र बाढी आई क्षतविक्षत पारी दिदा ग्रामीण सडक पनि अवरुद्ध भएका छन्। स्थानीयलाइ पालिका केन्द्रसम्म आवत जावत गर्न पनि समस्या भैरहेको छ।